७ मंसिर २०८१, शुक्रबार | Fri Nov 22 2024

हिलवर्ट (आइएसए) उपाधि यात्रामा, गुणस्तरिय शिक्षाका लागि रचनात्मक काम गर्दै



मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तुको पिपरामा अवस्थित हिलवर्ट बोर्डिङ स्कूलले (आइएसए) अन्तराष्ट्रिय उपाधिको यात्रामा अगाडी बढेको छ । यो संगै यस बर्ष स्कूलले विद्यार्थीहरुका लागि विभिन्न गुणस्तरिय शिक्षा दिने भएको छ । गत बर्ष जिल्लामै ‘क’ बर्गमा परेर हिलवर्टले आफ्नो शिर उच्च पारिसकेको छ । जिल्लामा भौतिक र शैक्षिक विकासमा निकै भड्को मारेको हिलवर्टले गुणस्तरिय शिक्षाका लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय परियोजना सञ्चालन गर्ने तयारीमा रहेको प्रबन्ध निर्देशक बुद्धि पौडेलले बताउनुभयो ।


व्रिटिस काउन्सिलद्धारा सञ्चालित कनेक्सन क्लासरुम अन्तर्रगतको अन्तराष्ट्रिय स्कूल अवार्ड (आईएसए) को उपाधिको यात्रामा रहको हिलवर्टले यसै काउन्सिलका विभिन्न परियोजना सञ्चालनको गूहकार्यमा जुटेको निर्देशक पौडेलले बताउनुभयो ।
परियोजना अन्तर्रगत “HANG TOUGH, DON’T PUFF”, “MYSTERY BEHIND THE HISTORY”, “SAVE THE RIVER”  जस्ता शिर्षकहरुमा पोजेक्ट वर्क गर्ने उहाँले मायादेवी अनलाइनलाई बताउनुभयो । यस परियोजनामा सम्बन्धित ठाउँमा अनुगमनमा लगेर तथ्याङ लिने र अभ्यास गराउने उहाँले जनाउनुभयो । यसले समाजमा जनचेतना फैलाउने विश्वास पौडेलको छ ।


यसै कर्यक्रम अन्तर्रगत कक्षा ५ का विद्यार्थीहरु बुद्धको क्रिडास्थल तिलौराकोट पुगेर आइसकेको स्कूलका प्रिन्सिपल सुरेन्द्र पाण्डेले बताउनुभयो । अबको केही दिन पछि तिलौराकोटमा घुमेर तयार पारेको फिल्ड रिर्पोटलाई अन्तिम रुप दिने काम भैरहेको उहाले जानकारी दिनुभयो ।

 

प्रकाशित मिति : १५ श्रावण २०७५ मंगलबार ००:००  ३ : ५० बजे