७ मंसिर २०८१, शुक्रबार | Fri Nov 22 2024

आसामी उठाउन हिँडेका व्यापारी मृत फेला



अर्घाखाँची ।
अर्घाखाँचीको मालारानी गाउँपालिकामा स्थानीय एक व्यापारी शंकास्पद अवस्थामा मृत फेला परेका छन् । मालारानी गाउँपालिका ३ गोहेंली बस्ने ४४ वर्षिय भोजबहादुर चौहान मृत अवस्थामा फेला परेका हुन् । शुक्रबारदेखि घरबाट असामी उठाउन हिँडेका चौहान घरभन्दा करिब १ किलोमिटर तल पैयापाटा डिलबहादुर खनालको घरको दलानमा घाँटीमा डोरीको निशानी भएको अवस्थामा फेला परेका थिए ।
शंकास्पद मृत्यु भएको अवस्थामा शव फेला परेपछि घटनामा संलग्न रहेको हुन सक्ने भन्दै अनुसन्धानको लागि ५ जनालाइ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायव उपरीक्षक नवराज मल्लले बताउनुभयो ।
मालारानी–४, को देउरालीमा पसल गरी त्यहीँ बस्दै आएका चौहानले डिलबहादुर खनालकै मोबाइल नम्बरबाट आफ्नै छोरा र सालालाई ‘म घेराबन्दीमा परेँ’ भन्दै १० बजेतिर फोन सम्पर्क समेत गरेको निजको १७ वर्षीय छोरा मिलन चौहानले बताउनुभयो ।
घटनामा जानाकारी पाउन साथ इलाका प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयबाट सुरक्षाकर्मीको टोली घटनास्थलमा पुगी घटनास्थलको प्रकृती मुजुल्का र पोस्टमार्टम पछि शव आफन्तलाई बुझाइएको छ ।
घटनाको आशंकामा प्रहरीले पाँच जनालाई पक्राउ गरी अनुसन्धान गरेको प्रहरी निरीक्षक खिमबहादुर घर्तीमगरले जानाकारी दिनुभयो । मृतक चौहानका श्रीमती, एक छोरा र एक छोरी रहेका छन् ।

प्रकाशित मिति : १५ श्रावण २०७५ मंगलबार ००:००  १ : ५९ बजे