७ मंसिर २०८१, शुक्रबार | Fri Nov 22 2024

यी ठेकदारलाई कारबाही कस्ले गर्ने ? जसले समयमा काम गरेनन



माधब बेल्वासे, कपिलवस्तु ।
देशभरी तोकिएको समयमा काम नसक्ने ठेगदारलाई कारवाही गर्ने सुचना जारी गरेपनि कपिलवस्तुको शिवराज नगरपालिकामा भने त्यसले छुन सकेको छैन । नगरपालिकाको विकासका योजनाहरु अहिले अलपत्र देखिएका छन ।
विकासको काममा नगरपालिकाले टेण्डर आवहान गरेर ठेगेदार कम्पनिलाई काम गर्न जिम्मा दिएपनि ठेगदारले काम नगर्दा काम अलपत्र परेको हो । सडक निमार्णको अन्तिम मिति सकिएको महिना दिन पुगिसक्दा सडक जस्ताको त्यस्तै देखिएकोमा स्थानियहरुले विरोध गरेका छन ।
शिवराज नगरपालिका वाड नम्बर १ मा शिवराज रिङ्रोड निमार्णको लागि सगुन कन्सट्रक्शनले जिम्मा लिएपनि सडक कालोपत्रे बन्न सकेको छैन । शिवराज नगरपालिका १ कलौनि देखी वानियाभार हुदै आर टी ओ रोड सडक कालोपत्रेको लागी १ करोड ३० लाख ४५ हजार २ सय ५७ नगरपालिकाले वजेट विनियोज गरेको थियो । योजना सुरुको मिति २०७५ जेठ १० र अन्तिम मिति २०७५ असार २५ रहेको छ ।
समयमा काम पुरा गर्न नसक्ने ठेकेदारलाई किन नगरपालिकाले ठेक्का दिएको भनेर स्थानियहरुले विरोध गरेका छन । रिङरोड निर्माणको मिति सकिएको बोर्ड बाटोमा टागिएको छ तर बाटो भने जस्ताको तस्तै छ स्थानीय कृष्ण थापाले आक्रोस व्यक्त गर्नुभएको छ ।
साथै सोहि कम्पनिले नै पाएको रिङरोड अन्तर्गतको शिवपुर वेलौति देखी करहिया जाने सडक कालोपत्र र नालि निमार्णको काम पनि अलपत्र वनेको छ । ६६ लाख ८५ हजार लागतको सो सडक कालोपत्रे नबन्दा स्थानियले सास्ती खेप्नु परेको छ । शिवराज नगरपालिकाले नगरकै गैरवका योजना भनेर रिङरोड ल्याएको थियो । नगरपालिकाले टेण्डर आवहानमा ढिलाई र ठेगदाले काम नर्गदा यस्तो समस्या भएको वुझिएको छ ।
सगुन कन्सट्रक्सनका सुशिल वुढाथोकीले समय अभाव र वर्षातको समयले गर्दा तोकिएको मितिमा काम सम्मपन गर्न नसकेको वताउनुभयो । कालोपत्रको लागि करिव ३ महिनाको अवधि हुनुपर्ने भएपनि जेठमा मात्र सम्झौता गरेकोले तोकिएको मितिमा सम्पन्न गर्न नसकेको वुढाथोकीको भनाई छ ।
असार मसान्त सम्म सम्पन्न भएको ६० प्रतिशत काम सकेको र सो मात्र भुक्तानी भएको शिवराज नगरपालिकाका इन्जिनियर राजेश शैनीले जानकारी दिनुभयो ।।

प्रकाशित मिति : १५ श्रावण २०७५ मंगलबार ००:००  १ : ५५ बजे