५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

प्रदेश सरकारको लोकप्रिय काम, कसैले दशै भत्ता नलिने



बुटवल ।
प्रदेश नम्बर ५ का मुख्यमन्त्री तथा मन्त्रीहरुले चाडपर्व वापतको एक महिनाको तलव सुबिधा नपाउने भएका छन् । सरकारले १३ महिनाको तलव सुबिधा सहितको बिधेयक संसदमा दर्ता गरेपनि सांसदहरुले चाडपर्व वापतको एक महिनाको तलव पाउने बुदा हटाएका छन् ।
अर्थ, उद्योग तथा पर्यटन समितिले चाडपर्व पावतको सुबिधा हटाउदै सदनमा पेश गरेको प्रविदेन सोमबार पारित भएको छ । बिधेयक पारित भएसंगै प्रदेश ५ का मुख्यमन्त्री, मन्त्री तथा सांसद कसैले पनि चाडपर्व वापतको तलव नपाउने भएका हुन् ।
विधेयकको सैद्धान्तिक छलफलका क्रममा सांसदहरुले मन्त्रीले मात्रै चाडपर्व मनाउने हो ? भन्दै प्रश्न गरेका थिए । प्रदेश सभाका सदस्यहरुको सुबिधा सम्बन्धी बिधेयकमा भने सांसदहरुलाई चाडपर्व वापतको भत्ता दिने व्यवस्था छैन ।
सोमबारको बैठकमा बोल्दै प्रदेश सांसद तुल्सी चौधरीले देशैभरी सकारात्मक सन्देश दिन मुख्यमन्त्री तथा मन्त्रीहरुको चाडपर्व खर्च हटाएको बताउनुभएको छ ।
संसद बैठकले मुख्यमन्त्री तथा मन्त्री, प्रदेश सभाका पदाधिकारी तथा सदस्यहरुको सेवासुबिधा सम्बन्धी बिधेयक पारित गरेको छ । बिधेयक पारित भएसंगै मुख्मन्त्री तथा मन्त्री एवं सांसदहरुले तलव लिने बाटो खुलेको छ । बैशाखमा पेश भएका तीन बिधेयक संसदले पारित गरेको हो ।

प्रकाशित मिति : १५ श्रावण २०७५ मंगलबार ००:००  १ : ५१ बजे