अराज सिंह बेल्बासे, चन्द्रौटा ।
देशकै ठुलो क्षेत्रफलमा फैलिएको शितगंगा नगरपालिकामा रहेको न्यायिक समितीमा १ बर्षको अबधिमा ४३ वटा मुद्धा दर्ता भएको न्यायिक समितीका संयोजक टिका रेश्मीले जानकारी दिनुभएको छ ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४, परिछेद ८, दफा ४७ को उपदफा १ अनुसार न्यायिक समितिको विवाद निरुपण गर्ने अधिकार क्षेत्रभित्रका विषयवस्तुमा उल्लेख भए वमोजिमाका मुद्धाहरु दर्ता हुने गरेको र अहिले समाधानको लागी मौखिक तथा लिखीत निबेदन पर्ने गरेको रेश्मीले बताउनुभयो ।
समितिमा परेका ४३ वटा मुद्धा मध्ये २१ वटा मुद्धाको मेलमिलाप मार्फत टुङगाइएको छ । २१ वटै मुद्धाहरु स्थलगत निरिक्षण गरी मिलापत्र गरिएको र बाँकी पनि टुङगो लगाउनु पर्नेमा भौलोलिक बिकटताले गर्दा बर्खाले सडकहरु खराब हुँदा पैदल जान समस्या भएको छन । तर ति पनि छिटै किनार लगाउने न्यायिक समितीका मेलमिलापकर्ता रिषी घिमिरेले बताउनुभयो ।
१३ श्रावण २०७५ आइतबार ००:००
0
Shares
प्रतिक्रिया