७ मंसिर २०८१, शुक्रबार | Fri Nov 22 2024

लोक सांगेतिक क्षेत्रमा चम्किदै टुक संगीत



थानेश्वर अधिकारी ।
नेपाली महिलाहरुको महान् चाड हरितालिका तीजको अवसरमा नयाँ तीज कोशेली सहित बजारमा आएका टुक संगीत । अर्घाखाँची जिल्लामा जन्म लिइ कपिलवस्तुलाई कर्मथलो बनाएका टुक संगीत र शारदा खनालले ‘हो पिया रानीले’ भन्ने तिज गित बजारमा ल्याएका छन् । टुक संगीतको शब्द र हरिदेवी कोइरालाको लय रहेको सो गीतको निर्देशन प्रकाश क्षेत्री, कोरियोग्राफर प्रदिप ज्ञवाली, छायांकन बिरेन्द्र भट्ट र परिकल्पना थानेश्वर अधिकारीको रहेको छ । सो गीतमा बाबुराम न्यौपाने र बबिता कंडेलले अभिनय गर्नुभएको छ । भंगेरी चरीले भन्ने गीतमा नृत्य गरेकी चर्चित कलाकार बबिता कंडेल अहिले लोक सांगेतिक क्षेत्रको उज्जवल नक्षत्रको रुपमा चिनिन्छन् । कपिलबस्तु जिल्लाको धार्मिक र ऐतिहासिक स्थल लक्ष्मणघाटमा सुटिङ गरिएको सो गीतमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतष्ठान कपिलवस्तुका अध्यक्ष थानेश्वर अधिकारी, निवर्तमान अध्यक्ष पुर्णचन्द्र परियार सचिव सन्तोष बि.क.,शेर बहादुर गौतम, खडानन्द भुसाल, मधु बेल्वासे, विकास शर्मा, हिरा खड्का, आकृति भुसाल, मञ्जु गिरी, सृजना पोख्रेल, बर्षा खनाल, समिक्षा अधिकारी, सविना क्षेत्री, दिपिका सुनार,सरस्वती मल्ल लगायतका कलाकारको अभिनय गरेका छन् ।
अहिले सम्म करिब ८ वटा गितमा शब्द र स्वर र करिव २ दर्जन भन्दा बढी गीतमा लय शब्द गरिसकेका टुक संगित अव निकट भविश्यमा नै कपिलवस्तु जिल्लाका धार्मिक र ऐतिहासक र पर्यटकीय स्थललाइ समेटेर गित बजारमा ल्याउने तयारी गरेका छन् । त्यसै गरी यो गितको गायिका शारदा खनालले पनि करिब ६ वटा भन्दा बढी गित बजारमा ल्याएकी छन् ।
सानै उमेर देखी लोक सांगेतिक क्षेत्रमा लागेकी खनाल कपिलवस्तुका थुप्रै मेला महोत्वसमा आफ्नो प्रस्तुती राख्दै आएकी छन् । दुवै राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान कपिलबस्तुका कलाकार समेत हुन । मौलिक तथा टिपिकल स्वर र लयमा रहेको यो गित सबै श्रोता तथा दर्शकले हेरेर साथ सहयोग गरिदिनु हुन गायक द्धयको अनुरोध समेत रहेको छ ।
साथै सो अवसरमा अग्रज कलाकार तथा सामाजिक व्यक्तित्वहरुलाई सम्मान समेत गरिएको छ । सो अवसरमा राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान कपिलवस्तुका अध्यक्ष थानेश्वर अधिकारी लगायतका व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : १३ श्रावण २०७५ आइतबार ००:००  २ : ०८ बजे