मायादेवी अनलाइन, बुद्धभूमि ।
कपिलवस्तुको बुद्धभूमि ३ को पुन परीवारले उपचार पाएका छन । टाकु दोन्द्रा वस्ने घन बहादुर पुन र उनका २ सन्तानलाई मानसिक समस्या देखा परेपछि ६ महिना देखि विस्तारामा पल्टिएर जीवनयापन गर्दै आएका थिए । विमारी भएको ४ वर्ष पछि उनीहरुले उपचार पाएका हुन् ।
पुन परिवारको विषयमा मायादेवी अनलाइनमा समाचार प्रकाशन भएपछि उनको उपचारको लागि बुद्धभूमि २ गोरुसिंगेको बुद्ध पोलिक्लिनीकका संचालक जिवन टण्डनले उपचारमा सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए । समाचार प्रकाशन भएको दुई हप्ता पछि उनीहरुले उपचार पाएका हुन । प्रतिवद्धता अनुरुप क्लिीनिले दोस्रो शनिवार नशा तथा मानसिक रोग उपचार डाक्टर आउने भएकोले दुई हप्ता उपचारको लागि कुर्न परेको थियो ।
पिडीत पुन परिवारको उपचारको लागी बुद्धभूमि नगरपालिका बडा नं. ३ का बडा अध्यक्ष गोविन्द आचार्य (विकास) आफै आएका थिए । शनिवार गोरुसिंगेमा रहेको क्लिनिकमा उपचार गराई रहेका गरेको थियो पुन परिवारलाई लुम्विनी अंचल अस्पतालमा कार्यारत डा. सुरज तिवारीे जाच गर्नु भएको थियो । नियमित रुपमा औषधी सेवन गर्नु पर्छ । उनीहरु चाडै निको हुने डा. तिवारीले वताए । डा. तिवारीले उहाहरुलाई निशुल्क रुपमा जाच गरेका थिए ।
बुद्ध पोलीक्लिनिकले औषधी, ल्याव जाच शल्क लगायतका शुल्क नलिई निशुल्क रुपमा सहयोग गरेको थियो । दुख पाएका हरुलाई सेवा गर्ने अवषर मिल्दा आफुहरु खुसी भएको क्लिनिकमा कार्यरत डा.विनोद शाहले वताए । यस पटक लाग्ने सवै खर्च हामीले आफै जिम्मेवारी लिएका छौ । औषधी नियमित रुपमा सेवन गर्नु पर्नै हुँदा अन्य निकायबाट सहयोग गरिनु पर्ने डा.शाहले वताए ।
पुन परिवारलाई हाल सम्म बडा बाल संरक्षण समिती बुद्धभुमी ३, सनसाईन समाजिक विकास संस्था बुद्धभूमि नगरपालिका मेयर केशव कुमार श्रेष्ठ, तत्कालिन जिल्ला प्रशासन कार्यालय कपिलवस्तुका प्रजिअ मदन भुजेल लगायतले भेटघाट गरी सहयोगको अपिल गरेका थिए । पर्याप्त मात्रामा सहयोग नभएको हुँदा थप सहयोग गरीदिन बुद्धभूमि नगरपालिका ३ बडा अध्यक्ष आचार्यले अपिल गरेका छन ।
१३ श्रावण २०७५ आइतबार ००:००
6
Shares
प्रतिक्रिया