७ मंसिर २०८१, शुक्रबार | Fri Nov 22 2024

शिवराजका मेयर अधिकारीको विकासमा उदभूत भड्को, यसरी फेरियो एकाएक चन्द्रौटा बजारको मुहार !



माधव बेल्वासे, चन्द्रौटा ।
प्रदेश न ५ को कपिलवस्तु जिल्ला अन्तर्गत पर्ने चन्द्रौटा वजारको मुहार दिन प्रतिदिन फेरिदै आएको छ । स्थानीय तह शिवराज नगरपालिकाकै ठुलो वजारको रुपमा रहेको यस वजार सुन्दरीकरण हुदै गएको छ । पुर्व पश्चिम राजमार्गमा पर्ने चन्द्रौटालाई एक नमुना बजार बनाउने प्रतिवद्धता गरेका शिवराज नगरपालिकाका मेयर नेत्रराज अधिकारीको सपना पुरा भएको बजारका अगुवाहरुको ठम्याई छ ।
२०६४ सालको कपिलवस्तु काण्ड पछि चन्द्रौटालाई अशान्तीको रुप दिदै आएकोमा त्यो भ्रम चिर्न सफल भई शान्ती सुरक्षालाई ख्याल राख्दै नगरपालिकाले विकाशको लागी पहल गरेको छ ।सडकमा छरिएर रहने सवारी साधनलाई एक निश्चित ठाउ बनाई अन्य ठाउमा पाकिंङ गर्न नपाउने नियम पनि लागु भएको छ । विगत लामो समयदेखी संचार माध्यम र उद्योगी व्यापारीहरुले आवाज उठाउदै आएपनि सुनुवाई भने हुन सकेको थिएन ।
सडकमा छरीएर रहेका सवारीले गर्दा स्थानियहरुलाई धेरै समस्या रहेकोले अहिले त्यो समस्या हल भएको स्थानिय विष्णु अर्यालले वताए । अर्यालले भने –“पहिले वजार जादा पनि सडकमा सवारीले गर्दा धेरै जोखीम थियो अहिले सडम खुल्ला छ पैदल यात्रुलाई पनि सहज भएको छ ”शिवराज नगरपालिकाको सहयोगमा चन्द्रौटा बजारलाई व्यावस्थित गराउन विभिन्न सडक वोर्डहरु राखीएको छ । पुर्व पश्चिम आवात जावत गर्न सवारीलाई एक निश्चित ठाउ वनाएको नगरप्रमुख नेत्रराज अधिकारीले वताए । नगरपालिकाको ५५ हजारको लागतमा २३ वटा सडक वोर्डहरु राखीएको छ । यसले गर्दा सवारी दुर्घटना र वजार सुन्दरीकरण बनाउन सहयोग पुगेको नगरप्रमुख अधिकारीले वताए ।सुरक्षालाई मध्यनजर गर्दै प्रहरी विटहरु पनि स्थापना गरेको अधिकारीले वताए ।
पछिल्लो समयमा सवारी दर्घटनाको सख्या कमी भएको अस्थायी ट्रफिक पोष्ट चन्द्रौटाका प्रमुख रामशरण कुमालले वताए ।कुमालले भने “पहिले भन्दा धेरै सुधार भएको छ ।मुख्य त हाटवजारको दिन अव्यावस्थित पार्किङ र सडक साघुरो हुदाँ समस्या हुने गरेको थियो ”।ट्रकहरुलाई व्यावस्थापन गरीएको र बस लगाएत अन्य सवारीहरुलाई निश्चित ठाउ तोकीएको कुमालले वताए ।सडकको क्षेत्रफलमा रहेको व्यासायिक सामाग्रि,पसलहरु हटाएर सडकलाई फराकीलो गराएको कुमालले जनाए ।
दैनिकिको सरसफाईले गर्दा वजार सुन्दर देखीने गर्दछ ।शिवराज नगरपालिकाले प्रत्येक वर्ष सरसफाईको लागी बजेट छुट्याउने गर्दछ ।वजार सुन्दर बनेसगै व्यापारीहरुमा पनि खुसी छाएको छ ।वजारलाई सुन्दर बनाउने काम व्यापारीहरुको पनि रहेकोले यसमा सवै व्यापारीहरु साथमा रहेको उद्योग वाणिज्य संघ चन्द्रौटाका अध्यक्ष जमसेर अलिको भनाई छ ।

प्रकाशित मिति : १२ श्रावण २०७५ शनिबार ००:००  ११ : ०७ बजे