७ मंसिर २०८१, शुक्रबार | Fri Nov 22 2024

मन्त्री राइन भन्छन्, संबिधान संशोधन छिट्टै हुन्छ



बासुदेव बर्मा, कपिलबस्तु ।
बर्तमान सरकारले मधेशवादी दलका जायज मागको संबोधन गर्दै संबिधान संशोधन छिट्टै हुने संघीय सरकारका शहरी बिकास मन्त्री मोहम्मद इस्तिहाक राईनले बताउनुभएको छ ।
सरकारमा सहभागी भएको समयावधी छोटो भएतापनि नागरिकताको बिषय टुंगाएर सरकारले संबिधान संशोधन गरेर मधेस र मधेसी प्रति उचित न्याय दिने उहाले बताउनुभयो ।
संघीय समाजवादी फोरम नेपाल कपिलबस्तुले शुक्रवार तौलिहवामा राखेको शुभकामना एवं पार्टी प्रवेश कार्यक्रमलाई संवोधन गर्दै मन्त्री राईनले यस्तो बताउनुभएको हो । कपिलबस्तु ६ नगरपालिका डी.पि.आर को तयारी अवस्थामा रहेको हुदा समग्र बिकास लागी प्रत्येक नगरपालिकालाई २ अरब रुपैया शहरी बिकास मन्त्रालय बाट बिनियोजन गर्ने एजेण्डा रहेको मन्त्री राईनले बताउनुभयो ।
साथै शहरी बिकास मन्त्रालयको मातहतमा रहेको जनता आवास कार्यक्रमका लागी आगामी आर्थिक बर्षदेखि ५० हजार रुपैया प्रतिपरिवार बितरण गरिने समेत उल्लेख गर्नुभयोे । चालु आवको बजेट प्रस्तुत भइसकेपछि संघीय समाजवादी फोरम नेपाल सरकारमा सहभागी भएतापनि त्यस्को प्रभाव सकारात्मक रहेको जिकिर गर्नुभयो ।
फरक प्रसंगमा मन्त्री राईनले संघीय समाजवादी फोरम नेपालको केन्द्रिय महाधिवेशन आउदो माघ २७, २८ र २९ गते हुने हुंदा ब्यापक रुपमा सहभागिता जनाई महाधिबेशनलाई ऐतिहासिकता प्रदान गर्न आग्रह गर्नुभयो ।

प्रकाशित मिति : १२ श्रावण २०७५ शनिबार ००:००  ८ : १९ बजे