गुल्मी ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले शनिबार तम्घास–सिमलटारी–प्यूठान सडक आयोजनामा कार्यरत सब–इञ्जिनियर प्रकाश झालाई घुस लिँदै गरेको अवस्थामा रंगेहात पक्राउ गरेको छ ।
झा गुल्मीको सदरमुकाम तम्घास बसपार्क नजिकै रहेको आफ्नै कोठावाट एक लाख रुपैयाँ नगदसहित अख्तियारको टोलीद्वारा पक्राउ परेका हुन् । सब–इञ्जिनियर झाले एक जना निर्माण व्यवसायीसँग रनिङ्ग बिल बढी दर रेटमा उठाइदिने सर्तमा घुस लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलको टोलीले जानकारी दिएको छ ।
विशेष सूचनाका आधारमा शुक्रबार तम्घास आएको अख्तियार टोलीले निर्माण व्यवसायीले रकम बुझाए लगत्तै उनकै कोठाबाट झालाई पक्राउ गरेको हो । झाको कोठावाट अख्तियारले केही कागजातहरु समेत नियन्त्रणमा लिएकोे छ ।
सब–इञ्जिनियर झाले निर्माण व्यवसायीलाई केही समयअघि त्यो पैसा सापटीको रुपमा दिएको र त्यही पैसा फिर्ता लिएको बताएका छन् । अख्तियारको टोलीले आवश्यक अनुसन्धानको लागि आज नै झालाई बुटवल लगि थप अनुसन्धान गर्ने जनाएको छ ।
प्रतिक्रिया