चन्द्रकान्त न्यौपाने, कपिलवस्तु ।
वाणागंगा ४ स्थित ज्ञानपुञ्ज माविले विद्यालयलाई अन्तराष्ट्रिय स्तरको बनाउने अभियान आजबाट सुरु गरेको छ । आज विद्यालयमा आयोजना भएको विद्यालयलाई प्लाष्टिक मुक्त क्षेत्र घोषणा गर्ने कार्यक्रमबाट अभियान सुरु भएको हो । ब्रिटिस काउन्सिलका राजदुत दुर्गाप्रसाद पाण्डेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा आइएसए प्रकृयामा रहेको ज्ञानपुञ्ज र गजेहडा स्थित वाणगंगाा माविका प्राचार्य, शिक्षक र विद्यार्थीको उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि पाण्डेलेले विद्यालयलाई कसरी अन्राष्ट्रिय स्तरको बनाउन सकिन्छ ? त्यसका मापदण्ड केके हुन् ? भन्ने बारे वृत्त चित्र प्रस्तुत गर्नु भएको थियो । वृत्त चित्रमा आइएस मान्यता पाउन विद्यालयले अपनाउनु पर्ने मापदण्ड, शिक्षक तथा विद्यार्थीले गर्नु पर्ने दायित्व, साझेदार विद्यालयसंगको सहकार्य, व्यावहारिक तथा सिपमुलक कार्यलगायतलाई प्रस्तुत गरिएको थियो ।
आइएस कार्यक्रमका संयोजक गोविन्द पोख्रेलको संचालनमा सम्पन्न कार्यक्रममा वाणगंगा माविका प्राचार्य रामप्रसाद भण्डारी, ज्ञानपुञ्जका प्राचार्य रोमाकान्त घिमिरे,पदमलाल अधिकारी, चिनियाँ प्रतिनिधि ह्याजल, र उभाओको पनि उपस्थिति रहेको थियो ।
मुलुकका बिभिन्न स्थानबाट आइएस मापदण्डमा परेका विद्यालयमध्ये यस क्षेत्रबाट ज्ञानपुञ्ज र वाणगंगाा मावि गजेहडा परेका छन् । सो प्रकृया कार्यान्वयनको लागि आजबाट २ दिने कार्यशाला पनि सुरु भएको छ । अगस्ट २ गतेबाट वाणगंगाा माविले पनि सो अभ्यास सुरु गर्ने आइस कोर्डिनेटर पोख्रेलले जानकारी दिनु भयो । कार्यशालामा दुवै विद्यालयका शिक्षकहरुको उपस्थिति रहेको छ ।
प्रतिक्रिया