३० कार्तिक २०८१, शुक्रबार | Fri Nov 15 2024

आईसीयूमा राखेर डाक्टर केसीको उपचार



काठमाडौं ।
चकित्सा शिक्षा क्षेत्रको सुधारको माग गर्दै २७ दिन सम्म आमरण अनशनमा बसेका डाक्टर गोविन्द केसीको आईसीयूमा राखेर उपचार भइरहेको छ । शिक्षण अस्पतालको १ नम्बर शैयामा उहाँको उपचार भइरहेको हो । २७ दिनसम्म अनशनमा बसेकाले शरीरका सबै अंग पुरानै अवस्थामा फर्किन हप्ता १० दिन लाग्ने डाक्टरले बताएका छन् । २७ दिनको अनशन पछि डाक्टर केसी र सरकारबीच विहीबार सहमति भएको हो ।
डाक्टर केसीको उपचारको जिम्मेवारी त्रिवि शिक्षण अस्पतालकै डाक्टर दिव्या सिंहलाई दिइएको छ । मिर्गौला रोग विशेषज्ञ उहाँ प्रधानमन्त्री केपी शर्मा ओलीका पनि निजी डाक्टर हुनुहुन्छ ।
डाक्टर केसी र सरकारबीचको सहमति भएसँगै देशभरका आवासीय डाक्टरले आन्दोलन फिर्ता गरेका छन् । आजदेखि सबै डाक्टर काममा फर्किएका नेशनल रेसिडेन्ट डाक्टर्स एसोसियसनले जनाएको छ ।

प्रकाशित मिति : ११ श्रावण २०७५ शुक्रबार ००:००  ३ : २९ बजे