७ मंसिर २०८१, शुक्रबार | Fri Nov 22 2024

गुल्मीमा सोचेभन्दा बढी मुद्दा फछ्यौट



शिवलाल सुवेदी, गुल्मी ।
जिल्ला अदालत गुल्मीले लक्ष्य भन्दा बढी मुद्दा फछ्रयौट गरेको छ । जिल्ला अदालत गुल्मीले सार्वजनिक गरेको तथ्याङ्ग अनुसार लक्ष्य भन्दा ५.५० प्रतिशन बढी मुद्दा फछयौट भएको जनाएको छ ।
गतबर्षवाट जिम्मेवारी सरेका ८९ र नयाँ दर्ता भएका ३ सय ११ मुद्दा मध्ये ३ सय २ वटा मुद्धा फछौट भएको जिल्ला अदालत गुल्मीका जिल्ला न्यायाधीश रामप्रसाद न्यौपानेले बताए । उनले यस बर्ष निर्वाचनका वावजुद पनि सोचेचन्दा बढी मुद्दा किनारा लगाउन आफ्नो टिम सफल भएको दावी समेत गरे । अघिल्लो बर्षका ८९ मुद्दा फछयौट हुन वाकी थिए न्यायाधीश न्यौपानेले भने‘ यो बर्ष ३ सय ३१ मुद्दा दर्ता हुने अनुमान गरिएकोमा अनुमानभन्दा २० वटा मुद्दा कम परे ।’ उनका अनुसार ७० प्रतिशत अर्थात २ सय ९४ मुद्दा फर्छयौट गर्ने लक्ष्य अदालतको रहेको थियो । अनुमान भन्दा २० वटा मुद्दा कम दर्ता भएकाले ४ सय २० मुद्धामा अदालतले ३ सय २ मुद्दा फछयौैट गरेको छ । फछयौट भएका मुद्दाको प्रतिशतमा ७५.५० मुद्धा फछर्यौट गरेको अदालतका श्रेष्तेदार दुर्गा प्रसाद बस्यालले बताए ।
जिल्ला अदालत गुल्मीमा एक बर्षदेखि १८ महिना भित्रका १८ वटा मुद्दा रहेका छन् । श्रेस्तेदार बस्यालले दिएको जानकारी अनुसार लेलदेनमा परेका २८ मुद्दा मध्ये २१ फछयौैट भएका छन भने करारका २ वटै फछयौैट भएका छन । त्यस्तै जग्गा सम्बन्धित परेका ५१ मुद्दामध्ये ३६ वटा फछयौैट भएका हुन । पारिवारिक तर्फ परेका २ सय ६४ मध्ये २ सय ६ मुद्दा फछयौैट भएको समेत श्रेस्तेदार बस्यालले जानकारी दिए ।
करणी तर्फका १७ मध्ये ९फछयौैट भएका छन भने चोरीका ४ मध्ये ३ फछयौैट भएका छन । ज्यानतर्फ परेका ११ मुद्धा सवै फछयौैट भएको बताइएको छ । एक जना मात्र न्यायाधीशको दरवन्दी रहेको गुल्मी जिल्ला अदालतमा असोज सम्म न्यायाधीश मातृका मरासेनी र असोजपछि असार मसान्तसम्म रामप्रसाद न्यौपानेको इजलासले मुद्दाको फछयौट गरेका हुन ।
जिल्ला अदातल गुल्मीको पछिल्लो तीन बर्षे मुद्दा फछौटको अवस्थालाई हेर्दा प्रत्येक बर्ष लक्ष्यभन्दा बढी मुद्दा फछौट भएका छन । आर्थिक बर्ष ०७२÷०७३ मा जिम्मेवारी सरेको ८७, नयाँ दर्ता भएका ३ सय २२ गरी ४ सय ९ मुद्धामा ३ सय १३ अर्थात ७६.५३ प्रतिशत मुद्दा फर्छयौट भएका थिए । त्यस्तै आर्थिक बर्ष ०७३÷०७४ मा जिम्मेवारी सरि आएको ९६, नयाँ दर्ता भएका ३ सय ५ गरी ४ सय १ मुद्दामा ३ सय १२ अर्थात ७७.८१ प्रतिशत मुद्दा फर्छयौट भएका थिए ।
यसैगरी जिल्ला अदालत गुल्मीले आर्थिक बर्ष ०७४÷०७५ मा फैसला कार्यान्वयनको लागी जिम्मेबारी सरी आएको १३ र यस बर्ष दर्ता हुन आएका ४० गरी कुल ५३ थान मुद्दामा ४४ थान अर्थात ८३.०१ मुद्दा गरेको छ । बाँकी रहेका ९ थान निवेदन मध्ये ६ महिना नाघेको १ थान र अन्य ६ महिना भित्रैका रहेको श्रेस्तेदार बस्यालले जानकारी दिए । यस्तै केही मुद्दाहरु मेलमिलापवाट पनि किनारा लगाइएको बस्यालको भनाई रहेको छ ।

प्रकाशित मिति : ११ श्रावण २०७५ शुक्रबार ००:००  ३ : २७ बजे