५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

सरकारको तानाशाह तोड्न आन्दोलन : कांग्रेस नेता मुस्कान



वीरेन्द्र केसी, अर्घाखाँची ।
कांग्रेस जिल्ला सभापति विष्णुप्रसाद खनाल (मुस्कान) ले कम्युनिष्ट सरकारले संविधानलाई मिचेर जनताको विपक्षमा काम गरेको आरोप लगाउनुभएको छ । जनताको ढाड सेक्ने गरी महंगी बढाएको, जनविरोधी गतिविधि गरेको र लोकतन्त्र विपरित काम गरेकाले त्यसको विरोधमा उत्रनु परेको उहाले बताउनुभयो । सरकारको तानाशाह शासन जनताले तोड्ने उहाले दावी गर्नुभएको छ ।
संविधानमा सभामुख र उपसभामुख फरक–फरक पाटीको हुनुपर्ने व्यवस्था छ, गाउ“मा मेडिकल कलेज खोलेर गरिब जनताका छोराछोरीले डाक्टर पढन पाउनुपर्छ भनेर अनसन बसेका डा. गोविन्द केसीको मागलाई वेवस्ता गरेको र लोकतन्त्रलाई मासेर अधिनायवादी लादन खाजेकाले संघर्षमा उत्रनु परेको मुस्कानले बताउनुभयो ।
कांग्रेसले सन्धिखर्कमा साउन १५ गते विरोधसभा गर्ने भएको छ । विरोध प्रदर्शनमा सहभागी हुन गाउ“बाट कार्यकर्ता उतार्न पालिका स्तरमा जिल्ला स्तरीय नेतालाई जिल्ला कार्य समितिको बैठकले जिम्मेवारी तोकेको छ । सन्धिखर्क नगरपालिकामा उपसभापति शान्ता भण्डारी, शीतगंगामा सचिव छविलाल पौडेल, भूमिकास्थानमा प्रेमनारायण बेल्वासे, छत्रदेवमा कृष्णबहादुर ज्ञवाली, मालारानीमा लोकेन्द्र विक र पाणिनिमा इन्सु मियालाई खटाउने बैठकले निर्माण गरेको छ ।
१२ गते पालिकामा पुगि पाटी, जनवर्गीय संगठन, जनप्रतिनिधि र सर्वसाधारणलाई आन्दोलनप्रति जानकारी दिई ठूलो संख्यामा सहभागी उतार्ने जिम्मेवारी दिइएको मुस्कानले बताउनुभयो । सभालाई सम्बोधन गर्न कांग्रेस केन्द्रिय सदस्य युवा नेता प्रदिप पौडेल आउने कार्यक्रम छ ।
यस्तै युवा नेता लक्ष्मण आचार्यलाई आमन्त्रित जिल्ला सदस्यमा मनोनित गरेको छ । केही महिना अघि एमालेबाट कांग्रेसमा प्रवेस गरेका उहालाई पाटी काममा खटाएर संगठन विस्तार गर्न सदस्यको जिम्मेवारी दिएको कांग्रेसले जनाएको छ ।

प्रकाशित मिति : १० श्रावण २०७५ बिहिबार ००:००  ३ : ३४ बजे