मायादेवी अनलाइन, कपिलवस्तु ।
एक व्यक्तिको कट्टु भित्र लागु औषध भेटिएको छ । कपिलवस्तु नगरपालिका ५ स्थित सेमरहवा भन्ने स्थानमा मर्यादपुरबाट आउदै गरेको अवस्थामा कन्हैया कुर्मीलाई कपिलवस्तु प्रहरीले लागु औषध सहित फेला पारेको हो ।
कन्हैया कपिलवस्तु नगरपालिका १ का बासीन्दा हुन । उनीबाट नेपालमा प्रतिबन्धित लगाएको लागु औषध खुल्ला अवस्थामा रहेको निटरोसन दश लेखेको चक्की १० थान, प्लाष्टिकको पोका भित्र रहेको नाम नखुलेको निलो रंगको क्याप्सुल ५ थान, सुन्तला रंगको नाम नखुलेको चार थान चक्कि शरीरको गोप्य भागबाट प्रहरीले फेला पारेको हो ।
उनलाई जिल्ला अदालत कपिलवस्तु बाट ७ दिनको म्याद थप गरि अनुसन्धान कार्य अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक मनोज कुमार यादवले बताउनुभएको छ ।
१० श्रावण २०७५ बिहिबार ००:००
0
Shares
प्रतिक्रिया