७ मंसिर २०८१, शुक्रबार | Sat Nov 23 2024

प्रहरीलाई अपशब्द प्रयोग गर्ने सांसद शाहका कार्यकर्ता घोरमा, सार्बजनिक मुद्धा चलाउने तयारी



मायादेवी अनलाइन, कपिलवस्तु ।
प्रहरीलाई अश्लिल शब्द प्रयोग गरि अपमान गर्ने ४ जनालाई सार्वजनिक मुद्धा चलाइएको छ । जुन कपिलवस्तु प्रतिनिधिसभा ३ का सांसद अभिषेक प्रताप शाहका कार्यकर्ता हुन । सांसद शाहका ती कार्यकर्ताले गत साउन ८ गते रातीको समयमा कृष्णनगर ८ स्थित नेपाल ईण्डो प्लाई फ्याक्ट्रिमा युरिया मलको बिषयलाई लिएर बाद बिबाद भएको भन्ने जानकारी प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बहादुरगञ्जबाट प्रहरी टोली उक्त स्थानमा खटिएको थियो ।
सोहि अवसरमा स्थानिय महेश पासवान सहितका ४ जना मिली फ्याक्ट्रीको शेयर धनी अभय राना संग बावविवाद गरी रहेको देखी तत्काल सम्झाई बुझाई गर्दा निजहरु उल्टै आवेशमा आई प्रहरीसँग अश्लिल शब्द प्रयोग गरी डिउटीमा समेत बाधा अवरोध पुरयाएका कारण प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।
निजहरु उपर सार्बजनिक अपराध तथा सजाय ऐन २०२७ अन्तर्गत मुद्धा दर्ता गरी जिल्ला प्रशासन कार्यालय तौलिहवा कपिलवस्तुबाट ६ दिन म्याद थप गरि अनुसन्धान कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
सार्वजनिक मुद्धा दर्ता गराइनेमा पासवान सहित कृष्णनगर ४ का वर्ष ३० का राकेशमणी त्रिपाठी , वडा नं १ का वर्ष २४ का शसिकान्त कहाँर र वडा नं १२ का वर्ष ४० का सुदामा यादव रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १० श्रावण २०७५ बिहिबार ००:००  ३ : १३ बजे