बिकास थापा ।
रुपन्देहीको रुद्रपुरमा १६ वर्षीया किशोरी समीक्षा ठकुरीको रहस्यमय मृत्युको छानविन गरी दोषीलाई छिटोभन्दा छिटो कारवाही गनुपर्ने माग राख्दै ईलाका प्रहरी कार्यालय सालझण्डीमा महिला समुहले धर्ना दिएका छन ।
बिहिबार अपराह्न्न दिउसो १२ बजेदेखी दिउसो ३ बजे सम्म प्रगतिशिल आमा समुह ,तिपरीचापा महिला सामुदायिक बन लगाएतका महिलासमुहले प्रहरी कार्यालयको परिसरमा धर्ना दिएका हुन । उनिहरुले यस घटनालाई प्रहरीले सामान्य रुपमा लिएको बताउदै यस घटनालाई सामान्य रुपमा नलिन प्रहरीको ध्यानकर्षण समेत गराएका छन ।
उता उक्त काण्डमा संलग्न भएको आशंकामा २ जना अझै प्रहरीको नियन्त्रणमा रहेका छन । यसरी प्रहरीको नियन्त्रणमा रहने मृतक ठकुरीका आफ्नै हजुरआमा हरिकला ठकुरी, फूपुहरु अम्बिका थापा रहेका छन ।
प्रहरीले प्रक्राउ गरेपनि आवश्यक प्रमाण अझै भेटाउन सकेको छैन र कारबाही प्रकृया पनि अघि बढाउन सकेको छैन । घटना भएको १ महिनासम्म बितिलाग्दा पनि दोषीमाथि कारबाही हुन नसक्दा त्यहाका स्थानिय आक्रोशित भएका छन । असार ९ गते आफ्नै घरमा सुतेको अवस्थामा आगोले जलेर गम्भीर घाइते भएकी समीक्षाको उपचारका क्रममा असार २० गते काठमाडौं कीर्तिपुर बर्न अस्पतालमा मृत्यु भएको थियो ।
प्रतिक्रिया