मायादेवी अनलाइन, बुटवल ।
प्रदेश सरकारले पहिलो पटक ल्याएको बजेटको खर्च निकै कमजोर भएको छ । पाच नम्बर प्रदेश सरकारले कुल बजेटको १९ प्रतिशत मात्रै बजेट खर्च गरेको छ । यद्यपि पुजिगत बजेट एक प्रतिशत मात्रै खर्च भएको छ ।
प्रदेश सरकार मातहतका आवश्यक संरचना र ऐन कानुनको अभावका कारण बजेट खर्च निकै कम भएको हो । प्रदेश सरकारले १ अर्व २ करोड ५ लाखको बजेट ल्याएको थियो । जसमध्े १९ करोड ३० लाख ५३ हजार मात्रै खर्च भएको छ । पुजिगत तर्फ २५ करोड बजेट छुट्याएकोमा जम्मा ६४ लाखमात्रै खर्च भएको छ । प्रदेश सरकार मातहत अझै पनि संरचना नबनेकाले नया आर्थिक वर्षको बजेट खर्च पनि हुन नसक्ने सम्भावना बढेको मन्त्रालयका सचिवहरु बताउछन् ।
शुन्य पूर्वाधारबाट शुरु भएको प्रदेश सरकारले पुजिगत बजेट कुर्ची टेवल खरिद र कार्यालय व्यवस्थापन बाहेक अन्यमा खर्च गर्न सकेको छैन । प्रदेशका छ मन्त्रालय र संंसद मध्ये सबैभन्दा बढी संसदले ५ करोड ९१ लाख बजेट खर्च गरेको छ । सबैभन्दा बढी बजेट बिनियोजन भएको भौतिक पूर्वाधार मान्त्रालयले साढे ३० करोड बजेटमध्ये १ करोड १५ लाख मात्रै्र खर्च गर्न सकेको छ ।
मन्त्रालयहरुले बजेट बिनियोजनका समयमा कार्यसम्पादन हुन सक्ने भन्ने आकलन गरेका थिए । तर मन्त्रालयले बनाएका ठूला योजनामा कुनै पनि काम हुन सकेको छैन ।
प्रदेश सरकारले नया आर्थिक वर्षका लागि २८ अर्वको बजेट ल्याएको छ । मन्त्रालयका संरचना तत्काल नफेरिए र संघीय सरकारबाट अधिकार निक्र्याेल नभए नया बजेट समेत खर्च नभई बच्ने सचिवहरु बताउछन् । प्रदेशमा अहिलेसम्म बजेट खर्च गर्ने निकाय बनेको छैन ।
३ श्रावण २०७५ बिहिबार ००:००
0
Shares
प्रतिक्रिया