जुम्ला । २० दिनदेखि आमरण अनसनमा बसेका डाक्टर गोविन्द केसीले आफू काठमाडौं जान तयार रहेको बताउनुभएको छ । केसीलाई जसरी पनि काठमाडौं लैजाने भन्दै सुरक्षाकर्मीले लाठीचार्ज र अश्रु ग्यास प्रहार गरेपछि डाक्टर केसीले आफूले डाक्टर नर्स र विद्यार्थी कुटिएको हेर्न नसक्ने भन्दै काठमाडौ जान तयार रहेको बताउनुभएको हो ।
संक्षिप्त पत्रकार सम्मेलन गर्दै डाक्टर केसीले प्रहरीले बल प्रयोग गरेका कारण कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कुनै पनि क्षति पुगेको र यो आफूले सहन नसक्ने भएकाले आफू काठमाडौं जान तयार रहेको बताउनुभएको हो ।
अहिले पनि प्रतिष्ठानमा तनाब भइरहेको छ । प्रहरीले जवरजस्ती केसीलाई काठमाडौं लैजाने भन्दै बल प्रयोग गर्दा १० जनाभन्दा धेरै घाइते भएका छन् । अस्पतालका डाक्टर, स्वास्थ्यकर्मी, विद्यार्थी र स्थानीयवासीले सरकारले केसीका माग पूरा नगरी काठमाडौं जान नदिने भन्दै अवरोध गरेका छन् ।
प्रतिक्रिया