दिपक खड्का, चन्द्रौटा ।
विजयनगर गाँउपालिका वडा नं. ३ जगदीशपुरमा सिलाईकटाई तालिम सम्पन्न भएको छ । मधेसी मुस्लिम किशोरीहरुको सहभागितामा सिलाईकटाई तालिम भएको हो । जसमा १८ जना किशोरीहरु सहभागी थिए । ‘सिप सिकौ स्वरोजगार बनौं राष्ट्रलाई समृद्ध बनाऔं’ भन्ने नारालाई आत्मसाथ गरि तालिमको आयोजना गरिएको हो । कार्यक्रममा सहभागीको तर्फ देखि आफ्नो मन्तव्य राख्दै जाहिदा खातुनले सिखेको सिपलाई व्यवहारमा उतार्ने प्रयास गर्ने बताइन । साथै उनले थप तालिमको आवश्यकता रहेकोले गाँउपालिकाका अध्यक्षलाइ पुन तालिम आयोजना आग्रह गरिन ।
विजयनगर गाँउपालिका अध्यक्ष गोपाल थापाले तालिममा सहभागीहरुलाई धन्यवाद दिदै विजयनगरले महिलाहरुलाई आत्मनिर्भर र साक्षर बनाउने अभियानमा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । साथै यो अभियानमा किशोरी र महिलाहरुलाई सहभागी हुन आग्रह गाउँपालिका अध्यक्ष थापाले आग्रह गर्नुभयो ।
कार्यक्रम कार्यपालिका सदस्य मो. मुरतजा बढइको अध्यक्षता वडा सचिव कृष्ण शर्माको स्वागत मन्तव्य विरेन्द्र ओखडाको संचालन र गाँउपालिका अध्यक्ष थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
२ श्रावण २०७५ बुधबार ००:००
4
Shares
प्रतिक्रिया