मायादेवी अनलाइन, कपिलवस्तु ।
गत असार १० गते मोटरसाइकल दुर्घटनमा परि घाईते हुनु भएका वाणगंगा ११ पदमपुर निवासी पत्रकार ओमप्रकाश पौडेलको परिवारलाई आज उहाँकै निवासमा एक कार्यक्रमको आयोजना गरि आर्थिक सहयोग हस्तान्तरण गरिएको छ ।
नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाको तर्फ बाट नगद रु ५० हजार आर्थिक सहयोग पौडेललाई हस्तान्तरण गर्दै संघका केन्द्रिय सदस्य एवं प्रदेश नं ५ का इन्चार्ज वसन्त गिरीले घाईते परिवारलाई शिघ« स्वास्थ्य लाभको कामना गर्नु भयो ।
संघले विभिन्न संघसंस्थालाई पनि आर्थिक सहयोग गर्न अपिल गरेको भन्दै संघको तर्फ बाट पनि सहयोगलाई निरन्तरता दिने बताउनु भयो । कार्यक्रममा बोल्दै शाखा अध्यक्ष डिलाराम भुषालले पौडेल परिवार दुर्घटनामा पर्दा महासंघ निकै दुखी भएको बताउदै घाईते परिवारको शिघ« स्वास्थ्य लाभको कामना गर्नु भएको छ ।
पौडेलको उपचारमा संघले सहयोग गरिरहने समेत उहाँले जनाउनु भयो । त्यस्तै कार्यक्रममा कपिलवस्तु उद्योग वाणिंज्य संघका अध्यक्ष उमानाथ पौडेलले घाईते परिवारलाई रु २३ हजार नगद प्रदान गर्दै घाईते परिवारको शिघ« स्वास्थ्य लाभको कामना गर्नु भयो ।
कार्यक्रममा रेडियो हर्टबिटका अध्यक्ष कृष्ण प्रसाद भट्राईले घाईते प्रति स्वास्थ्य लाभको कामना गर्नु भएको थियो । यद्यपी आर्थिक सहयोगको कुरा भने बताउनु भएन । शाखा सचिव हरि अधिकारीको सञ्चालनमा कार्यक्रम गरिएको थियो । गत असार १० गते रेडियो हर्टबिटका स्टेशन म्यानेजर समेत रहनु भएका पौडेल , श्रीमती पत्रकार कृपा पौडेल र छोरा छोरी सबार मोटरसाइकल दुर्घटना हुदा परिवाररै घाईते भएका थिए ।
अहिले उनीहरुको स्वास्थ्य अवस्थामा क्रमशः सुधार आईरहेको छ । पत्रकार ओमप्रकाश रुपन्देहि शाखा बाट महासंघको सदस्य हुनुहुन्छ ।
२ श्रावण २०७५ बुधबार ००:००
0
Shares
प्रतिक्रिया