शरद रेग्मी, तुलसिपुर ।
दाङको तुलसिपुर स्थित शिबमाया बहुउद्देश्यीय कृषि फर्ममा बुधबार दिउँसो आगलागि भएको छ । दिउसो कम्पनीले उत्पादन गर्दै आएको बनाना चिप्स र नमकिन उत्पादनका क्रममा प्लास्टिक बाट आगो सल्किएको फर्मका सञ्चालक भागवत कमलापुरिले जानकारी दिनुभएको छ ।
आगलागि बाट कम्पनीका उत्पादन गरेका नमकिन तथा चिप्सहरु पुर्णरुपमा जलेका छन भने केही मेसिनमा समेत क्षति पुगेको छ । आगलागिबाट फर्ममा झन्डै ९ लाख बराबरको क्षति भएको सञ्चालक कमलापुरिले जानकारी दिनुभयो ।
शिवमाया कृषि फर्ममा रिजम तथा प्रधानमन्त्री आधुनिकिकरण कृषि कार्यक्रमले समेत लगानी गरेका छन । तुलसिपुर ८ अश्वारामा रहेको कृषि फर्मले केही महिना देखि विभिन्न परिकारका चिप्स तथा नमकिनहरु उत्पादन गर्दै आएको छ ।
२ श्रावण २०७५ बुधबार ००:००
0
Shares
प्रतिक्रिया