मायादेवी अनलाइन, कपिलवस्तु ।
जंगली जनावर बँदेल मारेको आरोपमा कपिलवस्तु प्रहरीले एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । जंगली जनावर बँदेलको शिकार गरेको आरोपमा भारतको जुगियावारी, महाराजगंज जिल्ला उत्तर प्रदेशका २० वर्षीय राजकुमार बँजारा उपर वन कार्यालयले मुद्धा प्रक्रिया अघि बढाएको जिल्ला वन अधिकृत कृष्णदत्त भट्टले जानकारी दिनुभयो ।
भारतबाट नेपालतर्फ बँदेल मारेर ल्याउदै गर्दा कृष्णनगर सीमा नाकाबाट बञ्जारालाई सशस्त्र प्रहरीको चेकजाँच टोलीले पक्राउ गरिएको थियो । पक्राउ परेका बञ्जारा उपर राष्ट्रिय निकुन्ज ऐन २०२९ अनुसार अनुसन्धान प्रक्रिया अघि बढेको सहायक वन अधिकृत नागेन्द्र प्रसाद सिंहले जानकारी दिनुभयो ।
२ श्रावण २०७५ बुधबार ००:००
0
Shares
प्रतिक्रिया