७ मंसिर २०८१, शुक्रबार | Sat Nov 23 2024

रामप्रसाद थारुको सामाजिक सुरक्षाभत्ता चोरले लुट्यो !



बिकास थापा, कपिलवस्तु ।
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ३ चम्किपुर निवासी रामप्रसाद थारुको सामाजिक सुरक्षाभत्ता चोरी भएको छ । आज जितपुर ४ नम्बरमा रहेको मेघा बैंकबाट सोही सुरक्षाभत्ता लिएर आउदै गर्दा अपरिचित ब्यक्तिले थारुको साथबाट भत्ता चोरेको हो । बुधबार मात्र थारुले ८ हजार भत्ता बैंकबाट बुझेको बताइएको छ ।
बैंकबाट पैसा लिएर आउदै गर्दा बाटोमा फकाई फुलाई गरि थारुको साथबाट सामाजिक सुरक्षा भत्ता चोरी भएको बताईएको छ । घटनाको बारे थप अनुसन्धान भैरहेको बाणगंगा नगरपालिकाका कार्यपलिका सदस्य तथा वडा नम्बर ३ की वडा सदस्य सरितादेबी ढकालले जानकारी दिनुभयो ।
सरकारले सामाजिक सुरक्षा भत्ता बैंकबाट दिने भए पछि वाणगंगाका बृद्धाबृद्धाको बैंकमा घुइचो लाग्न थालेको छ । तर, बैंकबाट निकालेको भत्ता चोर्ने गिरोह सक्रिय भएपछि सुरक्षा व्यवस्थामै प्रश्न चिह्न खडा भएको छ ।

प्रकाशित मिति : २ श्रावण २०७५ बुधबार ००:००  ५ : ०५ बजे