हरि अधिकारी, कपिलवस्तु ।
वैठकको निर्धारित समय १५ मिनेट अगाबै अधिकांश पदाधिकारी तथा सदस्य आइपुग्छन् । पूर्व निर्धारित समय शुरुहुन्छ अनि वैठक पनि संचालन हुन्छ । कुनैपनि सदस्यलाई पर्खने र कुर्ने भन्ने नियमै छैन कपिलवस्तु उद्योग वाणिज्य संघमा । मर्यादाक्रम अनुसार पदाधिकारी तथा सदस्य आसिन हुन्छन् ।
अध्यक्षको अनुमतीले महासचिवले ठिक ८ बजे वैठक संचालन गर्दछन् । वैठकमा कार्यसमितिका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरुको उपस्थिती भइसकेको हुन्छन् । आसन ग्रहणपछि अध्यक्षले वैठकमा एजेण्डा प्रस्तुत गर्दछन् । एजेण्डा माथि सदस्यहरुले आ–आफनो राय तथा सुझाव पेश गर्दछन अनि निर्णय लेखिन्छ । यस्तो नमुना उदाहरण प्रस्तुत गरेको छ कपिलवस्तु उद्योग वाणिज्य संघ चारनम्बर वाणगंगाले ।
संघको मंगलबार विहान ८ बजे सम्पन्न आठौं वैठकमा यस्तै अभ्यास थियो । संघको प्रत्येक महिनाको पहिलो मंगलबार वैठक बस्दै आएको छ । वैठक आरम्भ भएको निर्धारित समय भन्दा १५ मिनेट ढिलो आए वैठकमा उपस्थिती गर्न पाइदैन र आफनो विचार समेत राख्न पाइदैन, त्यस्तो कठोर निर्णयले सवैलाई समयमै आउन बाध्यकारी बनाएको अध्यक्ष उमानाथ पौडेलले बताए ।
संघको नयाँ नेतृत्व चयन भए लगत्तै पहिलो वैठकले वैठकको समयको पालना र वैठक सम्बन्धी अन्य नियम कडाईका साथ लागु गरेपछि यस्तो नमुना अभ्यास देखिएको हो । संघका सम्पूर्ण सदस्य अनिवार्य तोकेको समयमै वैठकमा आउछन् र विशेष कारण बस आउन नसके पूर्व जानकारी दिने गरेको महासचिव लक्ष्मण अधिकारीले बताए । वैठकमा पूर्व अध्यक्षहरु, सल्लाहकारहरुको समेत उपस्थितीलाई महत्व दिदै सहभागी गराइने गरेको छ ।
जिल्लाको वैठक तथा कार्यक्रमा व्यहोर्नुपरेको नियती
जिल्लामा पछिल्लो समय राजनीतिक दलदेखि सरकारी कार्यालय, स्थानीय सरकार देखि गैरसरकारी संघसंस्थाका वैठक तथा कार्यक्रम गोष्ठी निर्धारित समय भन्दा कम्तीमा पनि १ घण्टा र बढिमा २।३ घण्टा ढिलो शुरु हुने गर्दछन् । समयको महत्व र लेखाजोखा नै छैन । थौरै संख्यामा मात्र समयमै उपस्थित हुने र धेरै संख्याको प्रतिक्षामा वैठक तथा कार्यक्रम रोकिन्छन् । वैठक तथा कार्यक्रम संचालन भएपनि जाने आउने सवैलाई हतारो भएको देखिन्छ । कपिलवस्तुबासीको सवैको मष्तिस्कमा कार्यक्रम होस् वा वैठक निर्धारित समयमा नजुट्ने चलननै छ । उदाहरणका लागि १० बजे भनेका छन् १२ बजेदेखि वैठक कार्यक्रम शुरु होला भन्ने अभ्यास छ । सकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधी पनि करिब तोकेको समय भन्दा १।२ घण्टा सम्म वैठक तथा कार्यक्रममा पुग्ने नियती छ । जिल्लाका अधिकांश संघसंस्था र सरकारी कार्यालयका वैठक र कार्यक्रम यस्तै गरी संचालन हुन्छन् । सवैले देखेको र भोगेको, यही हो समयको महत्व नै छैन हामीकहाँ । यस्तो नेपालीपन विकासका लागि र व्यक्तिगत जीवनका लागि पनि सवैभन्दा बाधक बन्दै गएको छ । झण्डै २ घण्टा सम्म अतिथीको नाममा कुर्ने, सहभागी ढिलो आउने र समयमा नुपग्ने संस्कार नै बनिसकेको छ । यस्तो गलत अभ्यास कहिले सम्म अंगिकार गर्ने, यसको दुष्प्रभावमा सचेत बर्ग कहिले सम्म रुमलिने । यसको अन्त्य हुन जरुरी छ शुरुवात कहाँबाट र कसले गर्ने भन्ने आउँला त्यो आफु कार्यरत संघसंस्था, कार्यालय तथा राजनीतिक दलबाट क्रमशः आफैबाट परिवर्तन गरौं । सवै संघजस्तै उदाहरण बनौं ।
संघको पत्रकारको उपचारमा सहयोग गर्ने निर्णय
संघको चारनम्बर स्थित कार्यालयमा मंगलबार सम्पन्न वैठकले विविध निर्णय गरेको छ । वैठकले २ जना सदस्यलाई मनोनित गरेको छ जसमा विशिष्ट सदस्यमा पूर्व अध्यक्ष देवी प्रसाद पाण्डे र कार्यसमिति सदस्यमा कृष्ण सापकोटालाई मनोनित गरेको हो । दुर्घटनामा परी घाइते हुनुभएका पत्रकार ओम प्रकाश पौडेलको उपचार खर्चमा आर्थिक सहयोग प्रदान गर्ने जनाएको छ । कपिलवस्तु उद्योग वाणिज्य संघले आयोजना गर्ने दशौ कपिलवस्तु महोत्सवको तयारीलाई प्रभावकारी बनाउन आजैदेखि विभिन्न योजना निर्माण गरेको छ । त्यस्तै संघले बुद्धभूमि नगरपालिकामा शाखा स्थापनामा आवश्यक जिम्मेवारी प्रदान गर्दै आउदो मंगलबार चारनम्बर बजार सरसफाई गर्ने निर्णय गरेको छ । संघको भवन निर्माणको कार्यलाई तिव्र बनाउदै विभिन्न निकायमा आर्थिक सहयोग तथा संकलन गर्ने निर्णय गरेको छ ।
१ श्रावण २०७५ मंगलबार ००:००
0
Shares
प्रतिक्रिया