७ मंसिर २०८१, शुक्रबार | Sat Nov 23 2024

श्रृङ्गिघाट सामुदायिक बनद्धारा विभिन्न अनुदान वितरण



भगवती न्यौपाने, वाणगंगा ।
हरेक बर्ष बार्षिक कार्यक्रम अन्तर्रगत आफ्ना उपभोक्तालाई विभिन्न अनुदान वितरण गर्दै आएको श्रृङ्गिघाट सामुदायिक बनले यसबर्ष पनि निरन्तरता दिएको छ । सामुदायिक बनको आम्दानीबाट बनले हरेक बर्ष विपन्न समुदायलाई विभिन्न शिर्षकमा अनुदान वितरण गर्दै आएको छ । बनले जीतपुर चारनम्बरमा सोमबार राखेको वन सरोकार तथा अन्तरक्रिया गोष्ठीको अवसरमा उक्त अनुदान वितरण गरिएको हो ।
जसमा बाख्रापालनका लागि १४ जना उपभोक्तालाई २०÷२० हजारका दरले दुई बर्ष सम्म निर्रव्याजे रकम दिइएको छ । यस्तै गोभर ग्यास अनुदान तर्फ १५ हजार वितरण गरिएको छ । जीतपुर चारनम्बरमा सञ्चालित घुम्ती शौचालयलाई सहयोग स्वरुप ३० हजार, शौक्षिक प्रगति शिर्षक तर्फ विपन्न परिवारका ६ जना छात्रछात्रालाई २५ सय नगद सहित पोशाक र झोला दिइएको छ भने सिद्धार्थ क्याम्पसका दुई जना विद्यार्थीलाई १० हजार वितरण गरिएको छ ।
कार्यक्रममा बोल्दै बाणगगां नगरपालिकाका उपमेयर चक्रपाणी अर्यालले वन वाजिएको फाइदा उठाएर वन अतिक्रमण गर्नेलाई कडा कारबाही हुनुपर्ने बताउनुभयो । सामुदायिक बन समृद्धको आधार भएको भन्दै बनको सुन्दरीकरणमा ध्यान दिनुपर्नेमा उहाले जोड दिनुभयो । कतिपय स्थानीयहरुले सामुदायिक वनमा जथाभावी फोहोर मैला फाल्ने गरेको भन्दै उहाले यसको व्यवस्थापनमा ध्यान दिनुपर्ने बताउनुभयो । आगामी दिनमा नगरबाट आफ्नो गाउँ आफै सफा गर्छु भन्ने कार्यक्रम सञ्चालन हुने उहाले बताउनुभयो ।
कार्यक्रममा वडा नं. ४ का वडा अध्यक्ष गशेण क्षेत्री, वडा नं. १ की वडा अध्यक्ष बालकुमारी अधिकारी, वडा नम्वर ३ की वडा सदस्य सरितादेवी ढकाल, सामुदायिक बन महासंघ वाणगंगाका अध्यक्ष हुमनाथ भट्राई, भुपू सौनिक खानेपानी उपभोक्ता समितिका अध्यक्ष राजेन्द्र विक्रम शाह, इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरिक्षक चन्द्रबादुर केसि, टोल संयोजक शालिकराम भुसाल, समाजसेवी कमल आचार्य, टोल विकास संस्था मधौलियाका नन्दराम पोख्रेल लगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा सामुदायिक बनका अध्यक्ष रेनु सेनले चालु आर्थिक बर्षको प्रगति विवरण पेश गर्नुभएको थियो । हेमनाथ घिमिरेको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन कृष्ण पौडेलले गर्नुभएको थियो ।

प्रकाशित मिति : १ श्रावण २०७५ मंगलबार ००:००  २ : ५५ बजे