मायादेवी अनलाइन, तौलिहवा ।
यशोधरा गाउँपालिकाको आगामी आर्थिक बर्षका लागि ३२ करोड ५९ लाख २१ हजारको अनुमानित बजेट पारित गरिएको छ । गाउँपालिकाको तेस्रो गाउँ सभामा गाउँपालिका प्रमुख गिरीजेश कुमार पाण्डेयले सो बजेट प्रस्तुत गरेका हुन । बजेट मध्ये पुजीगत खर्चमा ५ करोड ८५ लाख १० हजार नेपाल सरकारबाट प्राप्त बिषयगत तर्फ सशर्तमा १० करोड १४ लाख पुजीगत खर्च तर्फ १ करोड ६ लाख रहेको छ । सो अवसरमा कार्यक्रमका प्रमुख अतिथी सुधाकर पाण्डेयले बजेटको सही सदुपयोग हुनुपर्ने बताए । सो अवसरमा संचारकर्मी मनोज पौडल र शम्भु सैनी माली सहीत २१ जनालाई नगर, दोसल्ला र प्रशंसा पत्रले सम्मानित गरिएको थियो ।
३२ असार २०७५ सोमबार ००:००
0
Shares
प्रतिक्रिया