१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

उपमेयर चक्रपाणि भन्छन्, अब बन्ने भौतिक संरचाना अपांग मैत्री



बिकास थापा, कपिलवस्तु ।
बाणगंगा नगरपालिका भित्र अब बन्ने भौतिक संरचना अपांगमैत्री हुने नगरपालिकाका उपप्रमुख चक्रपाणी अर्यालले बताउनुभएको छ । अपागं उत्थान समाज कपिलवस्तु बाणगंगा नगरपालिका ४ ले आइतबार गजेहडामा आयोजना गरेको ह्विल चियर तथा ट्राईसाईकल वितरण कार्यक्रमलाई सम्बोधन गर्दे उपप्रमुख अर्यालले यस्तो बताउनुभएको हो । उहाले नगरसभाबाट आर्थिक बर्ष ०७५÷७६ मा अपागंता भएका ब्यक्तिहरुको लागि प्रयाप्त बजेट बिनियोजन गरेको बताउनुभयो ।
उपप्रमुख अर्यालले जसले ह्विल चियर र ट्राईसाईकल नपाएर कष्टकर जिवन जिउन बाध्य छन उनिहरुको खोजी गरि वितरण गर्न आग्रह गर्दै आर्थिक सहयोगका लागि नगर सधैब तत्पर रहने बताउनुभयो । उहाले अपागं उत्थान समाज कपिलवस्तुले अपांगताका क्षेत्रमा धेरै राम्रा काम गरेको भन्दै अब छिट्टै नै बाणगंगा नगरपालिका बालमैत्री नगरपालिका घोषणा गर्ने तयारीमा रहेको बताउनुभयो ।
यस्तै कार्यक्रममा बोल्दै राष्ट्रिय अपांग महासंघ नेपालका पूर्ब उपाध्यक्ष तथा अपागं उत्थान समाज कपिलवस्तुका संस्थापक अध्यक्ष मित्रलाल शर्माले जसले ह्विल चियर र ट्राई साईकल पाएका छन त्यसलाई समय समयमा मर्मत, सम्हार गरी सही रुपमा सदुपयोग गर्न आग्रह गर्नुभयो । उहाले बाणगंगा नगरलाई नमुना नगर बनाउन आफ्नो संस्थाले नयाँ नयाँ कामको थालनी गरेको बताउनुभयो । अध्यक्ष शर्माले अपाङ्गता भएका व्यक्तिहरु राजनीतिक अधिकारको लागि लड्नुपर्नेमा जोड दिनुभयो ।
यसैगरि कार्यक्रममा बोल्दै राष्ट्रिय अपांग महासंघ नेपाल प्रदेश नम्बर ५ की अध्यक्ष कल्पना ढकालले अपांगमैत्री भौतिक संरचाना नहुदा अपांगता भएका ब्यक्तीहरु धेरै समस्यमा पर्ने गरेको बताउदै यस समस्या समाधानमा लाग्न बाणगंगा नगरलाई अनुरोध गर्नुभयो । अध्यक्ष ढकालले बिद्यालय जाने उमेरमा रहेका अपांगहरुलाई यस ह्विलय चियरले हिडडुल गर्न सजिलो हुनेभएकाले अनिवार्य उच्च शिक्षा हासिल गर्न बिद्यालय पठाउन अभिभावकलाई आग्रह पनि गर्नुभएको छ ।
कार्यक्रममा राष्ट्रिय अपांग समाज कपिलवस्तुका सचिब ढाकाराम अधिकारीले ह्विलचियर र ट्राईसाइकल गरी हालसम्म २८ वटा वितरण गरिसकेको जानकारी गराउनुभयो । आज शारीरिक अपांगताको प्रकृति हेरी १५ जनालाई ह्वील चियर र ट्राई साइकल वितरण गरिएको थियो । यस अघि जिल्लाको शिबराज नगरपालिका चन्द्रौटामा १३ जना अपांगता भएका ब्यक्तिहरुलाई वितरण गरिएको थियो ।
कार्यक्रम अपाङ्ग उत्थान समाज कपिलवस्तुका अध्यक्ष कमल प्रसाद ढुङगनाको अध्यक्षता, उपाध्यक्ष चित्रा रानाको स्वागत मन्तब्य र सचिब ढाकारामा अधिकारीको सञ्चालनमा भएको थियो । ह्वील चियर र ट्राईसाइकल पाएपछि अपाङगता भएका ब्यक्तीहरु खुसी भएका छन् । कार्यक्रमको सहयोगिका रुपमा बाणगंगा नगरपालिका वडा नम्बर ५ रहेको थियो ।

प्रकाशित मिति : ३२ असार २०७५ सोमबार ००:००  २ : १३ बजे