माधव बेल्वासे, कपिलवस्तु ।
कपिलवस्तुको शिवराज नगरपालिका वडा न ३ र ४ तथा साविक चनई गाविस लाई पुर्ण खोप सुनिश्चित वडा घोषणा गरिएको छ । कार्यक्रममा वोल्दै शिवराज नगरपालिकाका नगरप्रमुख नेत्रराज अधिकारीले नेपालमा खोपको अभावले सयौ वालवालिकाहरुको मृत्यु भइरहेको हुँदा यस नगरपालिकाका सम्पुर्ण वालवालिकालाई खोप खुवाई मृत्युदर तथा अपांगदर घटाउनुपर्नेमा जोड दिनुभएको छ । शिवराज नगरपालिकाका अधिकांश वडाहरु पुर्ण खोप सुनिश्चित भइसकेकोले वाकि रहेका वडाहरुमा पनि अभियानलाई तिव्रता दिन स्वास्थ्य कर्मीहरुलाई आग्रह गर्नुभयोे ।
पुर्ण खोप सुरक्षीत भविष्य भन्ने उद्देश्यका विषेश खोप अभियान संचालन गरि घरघरमा पुगेर खोप लगाएको चनई स्वास्थ्य चौकीका प्रमुख प्रकाश पोख्रेल वताउनुभएको छ । बालबालिका जन्मिएको १५ महिना सम्म र १५ महिना देखि २६ महिना सम्मका बालबालिका लाई अनिवार्य रुपमा खोप लगाउनु पर्ने र खोप पुरा भएमा बालबालिकाहरुको मृत्युदर ,रोगको दर ,अपाङ्गताको दरमा कमि आउने पोख्रेलको भनाई छ ।
दुवै वाडमा गरी १६ देखी २३ महिना सम्मका वालवालिकाको सख्या १ सय ७७ जना मध्ये १ सय ६० जनालाई खोप खुवाएर पुर्ण खोप युक्त वडा घोषणा गरिएको जनाइएको छ । कतिपय वालवालिकाहरु यस ठाउ वाट अन्य ठाउमा गएको हुदा छुटेको प्रमुख पोख्रेलले वताउनुभएको छ ।
१५ महिना भित्र राष्ट्रिय खोप तालीका अनुसार पाउनुपर्ने सम्पुर्ण खोपहरु लगाएको वताउनुभयो वडा न.३ का वडा अध्यक्ष टेकलाल सापकोटाको अध्यक्षतमा सम्पन्न भएको हो । कार्यक्रममा पुर्ण खोप युक्त घोषणा गर्न सहयोग पुर्याउने सबैलार्र्ई प्रसंशा पत्रले सम्मान गरिएको थियो ।
प्रतिक्रिया