११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

जनता माबि पिपरा प्रदेशकै उत्कृष्ट विद्यालय, ८० हजार नगद सहित पायो सम्मान



मायादेवी अनलाइन, कपिलवस्तु ।
जनता माध्यामिक बिद्यालय पिपरा कपिलवस्तुले प्रदेश ५ अन्तगर्त सामुदायिक बिद्यालयबाट उत्कृष्ट हँदै एक कार्यक्रमका बीच सम्मान ग्रहण गरेको छ । सामाजिक बिकास मन्त्रालय प्रदेश ५ अन्तर्गत भएको कार्यक्रममा कपिलवस्तु जिल्लाबाट उत्कृष्ट सामुदायिक बिद्यालयतर्फ सम्मान ग्रहण गरेको हो ।
सामाजिक बिकास मन्त्रालयले निर्धारण गरेको सामुदायिक बिद्यालयमा छनोट मापदण्डमा परि बिद्यालय सम्मानित भएको हो । आज सामाजिक बिकासमन्त्री सुदर्शन बरालले रु ८० हजार नगद सहित सम्मानपत्र बिद्यालयका प्रध्यानध्यापक रमेश पन्थीलाई हस्तान्तरण गर्नुभएको थियो ।
सम्मान कार्यक्रममा बोल्दै मन्त्री बरालले जनता माबि बिद्यालयले आगमी दिनमा शैक्षिक बिकासमा अझ शशक्त कदम उठाउने बिश्वास ब्यक्त गर्नुभएको छ । मन्त्रीले सामुदायिक बिद्यालयहरु गरिबका छोराछोरीले मात्र नभई आम नेपालीका छोराछोरीहरुले पढ्ने बिद्यालय भएको जिकिर गर्नुभयो ।

प्रकाशित मिति : ३२ असार २०७५ सोमबार ००:००  २ : ०४ बजे