दिपक खड्का, चन्द्रौटा ।
कपिलबस्तुको शिवराज नगरपालिकामा किशोर किशोरीहरुको क्षमता बिकास सम्बन्धि २ दिने तालिम सम्पन्न भएको छ । किशोर किशोरीहरुलाई उनिहरुका लागि सरकारद्धारा ब्यवस्था गरिएका सेवा सुबिधा तथा किशोर किशोरी सम्बन्धि निति नियमहरुको बिषयमा जानकारी गराउदै किशोर किशोरीहरुको क्षमता बिकास गर्ने उद्देश्यका साथ २ दिने तालिम संचालन गरिएको हो । बिश्व स्वास्थ्य संगठनले १० देखि १९ बर्ष उमेर समुहलाई किशोर किशोरी भनि परिभाषित गरेको छ ।
यस अवस्थामा हुने बिभिन्न परिवर्तनका कारण उनिहरुमा बिभिन्न नकारात्मक असर पर्ने सम्भावना हुने हुदा यस अवस्थामा किशोर किशोरीहरुलाई थप हेर बिचार र संरक्षणको आवश्यकता पर्ने साथै उनिहरुलाई त्यस्ता समस्या बाट जुध्न सक्षम बनाउने जिम्मेवारी हामि सबै बयस्कको भएको तालिम सहजकर्ताले बताउनुभयो । पुर्ण रुपमा युवाहरुले नेतृत्व गर्दै आईरहेको युवा संस्था युवालयले आयोजना गरेको तालिम संचालनका लागी युनिसेफले सहयोग गरेको थियो ।
प्रतिक्रिया