३० कार्तिक २०८१, शुक्रबार | Fri Nov 15 2024

‘साक्षरण कर्णाली प्रदेश’ घोषणा गर्ने अभियान



रासस, सुर्खेत ।
कर्णाली प्रदेश सरकारले आगामी तीन वर्ष्भित्र ‘साक्षरण कर्णाली प्रदेश’ घोषणा गर्ने अभियान थाल्ने भएको छ ।
यसका लागि सामाजिक विकास मन्त्रालयले आगामी साउन महिनादेखि कार्य्विधि तयार गरेर कार्यान्वयन प्रक्रियामा जाने तयारी गरेको छ । अभियान सफल बनाउन अनौपचारिक शिक्षा तथा साक्षरता अभियानसम्बन्धी कार्यक्रम गर्न स्थानीय तहसँगको समन्वयमा कार्य ढाँचा तथा कार्य पद्धति निर्माण गरिने सामाजिक विकासमन्त्री दल रावलले जानकारी दिनुभयो ।
उहाँले कर्णालीका निरक्षर प्रौढ महिला तथा पुरुषका लागि माध्यमिक शिक्षा परीक्षा दिई बसेका विशेष गरी महिलालाई साक्षरता कक्षा सञ्चालनको अवसर दिइने बताउनुभयो । मुलुकको औसत साक्षरता दर ६५.९५ प्रतिशत हुँदा कर्णाली प्रदेशको साक्षरता दर भने ५८.२५ प्रतिशत छ ।

प्रकाशित मिति : ३० असार २०७५ शनिबार ००:००  १२ : ०२ बजे