काठमाडौं ।
प्रधान न्यायाधीशमा प्रस्तावित दीपकराज जोशीविरुद्ध कुनै उजुरी भए उजुरी दिन संसदीय सुनुवाइ विशेष समितिले आह्वान गरेको छ ।
संसदीय सुनुवाइ विशेष समितिले सार्वजनिक सूचना निकालेर संवैधानिक परिषदद्वारा प्रधान न्यायाधीशको लागि सिफारिस हुनु भएका जोशीविरुद्ध केही उजुरी भए एक हप्ताभित्र दिन आह्वान गरेको हो ।
समितिको इमेल उबच)िजभबचष्लनअयmmष्ततभ२उबचष्बिmभलत।नयख।लउ ठेगाना वा ०१ ४२००२७७ नम्बरमा फ्याक्स पठाउन समितिले आग्रह गरेको छ । उजुरी गर्ने व्यक्तिको नाम गोप्य राखिनेछ । प्राप्त उजुरी माथि सार्वजनिक सुुनुवाइ पश्चात मात्रै समितिले प्रस्तावित व्यक्तिको नाम अनुमोदन गर्नेछ ।
३० असार २०७५ शनिबार ००:००
0
Shares
प्रतिक्रिया