शिव भुसाल, सिओल ।
कोरियामा कार्यरत मजदुरको तलव आगामी वर्ष देखि १ लाख ७० हजार रुपैयाँ अर्थात १७ लाख ४५ हजार १ सय ५० वन पुग्ने भएको छ ।
कोरिया सरकारले मजदुरको तलवमा दश दशमलव नौ प्रतिशतले वृद्धि गर्ने निर्णय सँगै आगामी वर्ष १ लाख ७० हजार रुपैयाँ पुग्ने भएको हो । गएराती बसेको ज्याला निर्धारण समितीको बैठकले तलव वृद्धि गर्ने निर्णय गरेको थियो ।
यस अघि प्रतिघण्टा ७ हजार ५ सय ३० वन पाउँदै आएका मजदुरले तलव वृद्धि भएसँगै अब दैनिक आठ घण्टा काम गरेवापत मासिक १७ लाख ४५ हजार १ सय ५० वन ( करिव १ लाख ७० हजार नेरु ) पाउनेछन् ।
मुञ्जेईनले राष्ट्रपतिमा उमेद्वारी दिँदा मजदुरको तलव प्रतिघण्टा दश हजार वन पुर्याउने गरेको प्रतिवद्धता अनुरुप गत वर्ष १६.४ प्रतिशत र यो वर्ष १०.९ प्रतिशतले वृद्धि गरिएको हो । यो सँगै अब मजदुरले प्रतिघण्टा ८ हजार ३ सय ५० वन पाउनेछन ।
गतवर्ष सरकारले तलव वृद्धिसँगै काम गर्ने समय पनि कटौती गरेको थियो । सो नियम अनुसार हप्तामा ५२ घण्टा भन्दा धेरै काम गर्न बन्देज लगाईएको छ । ३ सय जना भन्दा धेरै कामदार कार्यरत कम्पनिहरुमा यहिँ जुलाई १ देखि यो नियम लागु भईसकेको छ भने अन्य साना तथा मझौला कम्पनिहरुमा सन २०२२ सम्म लागु गर्दै जाने सरकारको तैयारी छ । न्युनतम तलव वृद्धि भएपनि काम गर्ने समय कटौती हुँदा मासिक तलव साविकको भन्दा कम पाउने गरेको यहाँ कार्यरत मजदुरहरुको गुनासो छ ।
३० असार २०७५ शनिबार ००:००
0
Shares
प्रतिक्रिया