८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

कपिलवस्तुमा ५० प्रतिशत बढि धान रोपाइ



विकास बन्जाडे, कपिलवस्तु ।
समयमै पानी परेकाले आजसम्म कपिलवस्तुमा ५० प्रतिशत बढि धान रोपाइ सम्पन्न भएको छ । सिँचाइ सुविधाको अभावमा खेती गर्ने बेला हरेक वर्ष आकाशे पानी पर्खनुपर्ने किसानका लागी असार लागेपछि बेलाबेलामा पानी परिरहेकाले ५० प्रतिशत बढि धान रोपाइ भएको छ ।
साउनको दोस्रो सातासम्म वर्षा भइरहे अधिकाँश किसानको धान रोपाइ सकिने कृषि कार्यालयका अधिकारीले दाबी गरेका छन् । कपिलवस्तुमा कुलखेतीयोग्य जमिन ८३ हजार हेक्टरमध्ये ७२ हजार हेक्टरमा धान रोपाइ हुने गर्दछ ।

प्रकाशित मिति : ३० असार २०७५ शनिबार ००:००  १ : ५३ बजे