मायादेवी अनलाइन, दाङ ।
दाङमा धान रोप्दै गर्दा खेतमै दुई पक्ष बिचमा झडप हुँदा ६ जना गम्भीर घाइते भएका छन् । दाङको गढवा गाउँपालिका वडा नं. ६ थानदेउखुरीमा विहीबार दुई पक्षका बिचमा जग्गा सम्बन्धी विवाद उत्कर्षमा पुग्दा भएको कुटाकुटमा ६ जना गम्भीर घाइते भएको प्रहरीले जानकारी दिएको छ ।
उक्त झडपका क्रममा गढवा गाउँपालिका वडा नं. ६ थानदेउखुरी निवासी ५७ वर्षीय चन्द्रिका यादव, उनका छोरा ४६ वर्षिय रामचरित्र यादव गम्भीर घाइते भएका छन् । उनीहरूलाई स्थानीय मेडिकल र दाङको लमही अस्पतालको उपचार पछि थप उपचारका लागि बुटवल रेफर गरिएको ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रमुख पञ्चलाल गोलेले जानकारी दिनुभएको छ ।
त्यस्तै सोही ठाउँ निवासी ५५ वर्षीय सुख्खाप्रसाद यादव, उनका छोरा १८ वर्षीय विन्तिराम यादव, अर्का छोरा ४५ वर्षीय आयोदाप्रसाद यादव, उनका छोरा २० बर्षीय हरिचन्द्र यादव पनि उक्त झडपमा परि गम्भीर घाईते भएका छन् ।
उनीहरुको पनि स्थानीय मेडिकल र अस्पतालमा उपचार पछि थप उपचारका लागि विहीबार बेलुका नै बाँकेको कोहलपुर मेडिकल कलेजमा रेफर गरेर उपचार भइरहेको गढुवा प्रहरी प्रमुख गोलेले जानकारी दिनुभएको छ ।
हालसम्म सुख्खाप्रसाद यादवले उपभोग गर्दै आएको १६ कठ्ठा जग्गा आफुले किनिसकेको भन्दै चन्द्रिका यादवले दाबी गरेपछि धान रोप्दै गर्दा खेतमै दुबै पक्षका बीचमा झडप भएको प्रहरीले बताएको छ ।
३० असार २०७५ शनिबार ००:००
0
Shares
प्रतिक्रिया