८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

‘राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार–२०७४’ प्रदान



काठमाण्डौं ।
‘राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार–२०७४’ वाट रूपन्देहीमा कार्यरत पत्रकार कृष्ण मल्ललाई पुरस्कृत गरिएको छ । नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यलय काठमाण्डौमा शुक्रवार (आज) आयोजित कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले ‘बुटवल टुडे’ र ‘शिक्षक मासिक’मा कार्यरत पत्रकार मल्ललाई रु ५१ हजार राशिको पुरस्कार प्रदान गर्नुभएको हो । त्यसैगरी कपिलवस्तुकी अग्रज महिला पत्रकार एवम बुद्ध दर्पण दैनिककी कार्यकारी सम्पादक पार्वती पाण्डे मन्त्री पोखरेलवाटै पुरस्कृत हुनु भएको छ । मन्त्री पोखरेले रु २० हजार राशिको ‘प्रादेशिक शिक्षा पत्रकारिता पुरस्कार–२०७४’ पाण्डेलाई प्रदान गर्नु भएको हो ।

सो अवसरमा वोल्दै मन्त्री पोखरेलले चिकित्सा शिक्षा विधेयकलाई लिएर आफुमाथि काठमाण्डौमा १० बर्ष मेडिकल कलेज खोल्न दिन हुदैन भन्ने प्रावधान झिकिएको, सम्बन्धन, छात्रवृति तथा ३ सय शैया नभएपनि मेडिकल कलेजको सम्बन्धन दिन लागिएको भन्ने आरोप लाग्दै आएको उल्लेख गर्दे उहाँले पत्रकारिता क्षेत्रमा विषयगत दक्षताको कमि देखिएको टिप्पणी गर्नुभयो ।
शिक्षामन्त्री पोखरेलले पार्टी पत्रकारिताभन्दा माथि उठेर सही सत्य र तथ्यका आधारमा समाचार सम्प्रेषण गरि पेशागत उत्तरदायित्व वहन गर्न पत्रकारहरुलाई सचेत गराउनुभयो ।
शिक्षा मन्त्रालयका सचिव खगराज बरालले मन्त्रालय पत्रकारसँग मिलेर शिक्षाका समस्या समाधान गर्न अग्रसर भएकाले त्यस्ता समस्या उजागर गर्न आग्रह गर्नुभयोे । नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले मल्लले पत्रकारिताको माध्यमबाट शिक्षा क्षेत्रमा पु¥याउनुभएको योगदानको कदर गर्दै सो पुरस्कार प्रदान गरिएको बताउनुभयो ।
कार्यक्रममा प्रादेशीक शिक्षा पत्रकारीता पुरस्कार पाण्डे सहित अन्य ८ जनाले पाएका हुन् । प्रत्येक प्रदेशबाट दुईजना पत्रकारले ‘प्रादेशिक शिक्षा लेखनवृत्ति–२०७४’ प्राप्त गर्नुभएको छ । रु १५ हजार राशिको उक्त लेखनवृत्ति प्रदेश नं ५ केशर रोका ‘अन्नपूर्ण पोष्ट दैनिक’ (प्यूठान) र तेजेन्द्र केसी ‘दैनिकपत्र दैनिक’ (रूपन्देही)ले पाउनुभएको हो ।

यस्तै २० हजार राशिका ‘संस्थागत शिक्षा पत्रकारिता पुरस्कार–२०७४’ प्रदेश नं ५ बाट ‘रेडियो कृपालु’ (प्यूठान)ले पाएकोछ । राष्ट्रियस्तरका पत्रपत्रिका र टेलिभिजनलाई प्रदान गरिने रु २५ हजार राशिको ‘संस्थागत शिक्षा पत्रकारिता पुरस्कार–२०७४’ पत्रपत्रिकातर्फ ‘नागरिक दैनिक’ (काठमाडौँ) र टेलिभिजनतर्फ ‘इमेज टेलिभिजन’ (काठमाडौँ) लाई प्रदान गरिएको थियो ।

प्रत्येक वर्ष महासंघ र शिक्षा विभागले शिक्षा क्षेत्रको विकासका लागि समाचार, सूचना र विचार प्रवाह गर्ने पत्रकार, एफएम रेडियो, पत्रपत्रिका र टेलिभिजनलाई प्रतिष्पर्धाका आधारमा पुरस्कार प्रदान गर्दै आएको हो ।

प्रकाशित मिति : २९ असार २०७५ शुक्रबार ००:००  २ : ५८ बजे