८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

आरती पौडेल भन्छिन्, प्रदेश सरकारले साझेदारी मोेडलमा काम खोजिरहेको छ



मायादेवी अनलाइन, बुटवल ।
प्रदेश नं. ५ का भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले प्रदेश सरकारले साझेदारी मोेडलमा काम गर्न खोजिरहेको बतानुभएको छ । उहाँले समृद्धिको यात्रालाई सफल बनाउन सरकारले साझेदारी अवधारमा धेरै काम गर्न खोजेको बताउनुभयो ।
जनउत्थान बचत तथा ऋण सहकारी संस्था लि. तिलोत्तमा–१५ कोटिहवाले आयोजना गरेको विविध सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै मन्त्री पौडेलले प्रदेश सरकारले ल्याउने सहकारी ऐन जनपक्षीय र सहकारीमैत्री हुने बताउनुभयो । सहकारीको हाम्रो सामाजिक क्रियाकलाप अन्तर्गत आयोजना गरिएको उक्त कार्यक्रममा उहाँले सहकारी संस्थाले बनाउने योजनामा प्रदेश सरकारले साझेदारी गर्ने जानकारी दिनुभयो ।
सहकारीमा भएका राम्रा कामलाई नदेख्ने तर केही सानो कमी कमजोरीलाई ठूलो देख्ने परिपाटी रहेको बेला जनउत्थान साझेदारी सहकारीले राम्रो काम गरेर असल सहकारीको उदाहरण बन्न सफल भएको भन्दै प्रशंसा गर्नुभयो ।
रुपन्देहीमा माछापालक व्यवसायीको उपस्थिीति राम्रो रहेकोले प्रदेश सरकारले उनीहरुलाई प्रबर्धन गर्ने बताउनुभयो । मन्त्री पौडेलले कृषिलाई पशुपालनसंग जोडर लैजानुपर्ने आवश्यकता रहेकोमा जोड दिनुभयो । उहाँले बढी कर तिर्ने वित्तीय संस्थाहरुलाई पनि सरकारले प्रोत्साहन गर्नुपर्ने धारणा राख्नुभयो ।

प्रकाशित मिति : २९ असार २०७५ शुक्रबार ००:००  २ : ४४ बजे