८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

चन्द्रौटामा जारी ५ महिने सिलाई कटाइ तालिम सकियो



गीता पौडेल, शिवराज ।
शिबराज नगरपालिकाको चन्द्रौटामा महिलाहरुका लागि संचालन गरिएको ५ महिने सिलाई कटाई तालिम सकिएको छ । शिबराज नगरपालिकाको सहयोगमा कपल फेसन गारमेन्टको आयोजनामा समुदायमा पछाडी पारीएका महिला, एकल महिला बिपन्न महिलाहरुका लागि आर्थिक वर्ष २०७४÷०७५ को बिनियोजित बजेटबाट संचालन गरिएको सिलाइकटाई तालिम समापन भएको हो ।
तालिम समापन कार्यक्रमलाई संबोधन गर्दै प्रदेश न. ५ का सदस्य अर्जुन केसिले समुदायमा दबियर रहेका महिलाहरुलाई शसक्त बनाउने उद्देश्यले संचालन गरेको तालिम व्यवहारिक जीवनमा प्रयोगमा आउने विश्वास व्यक्त गर्नुभयो । महिलाहरुले प्राप्त गरेको प्रमाणपत्र र मसिनले मात्र तालिमको अर्थ नहुने बताउँदै सिकेको सिपलाई ब्यबहारमा पणिरत गर्न अनुरोध गर्नुभयो ।
कार्यक्रममा बोल्दै शिबराज नगरपालिका उप प्रमुख शिब कुमारी थारुले तालिम लिएका महिलाहरु सबै ब्यबसायिक हुनुपर्ने बताउँनुभयो । समाजमा महिलाहरु आत्म सम्मानित भएर बाँच्न सक्ने वाताबरण सिर्जना हुनुपर्ने उहाले जनाउनुभयो ।
तालिममा सहभागी बिन्दु गौरेले ५ महिना सम्म संचालन भएको तालिम अत्यन्तै प्रभावकारी भएको बताउँदै महिलाहरु आर्थिक रुपमा समृद्ध हुन नसकेका भोग्नु पर्ने पिँडाको अन्त्य हुने बताउनुभयो । घरबाटै महिलाहरु हेपिने प्रमुख कारण शिक्षा भएकाले शिक्षा र सिप भए महिलाहरुले पुरुष भन्दा उत्कृट काम गर्न सक्ने बताउनुभयो ।
कार्यक्रममा ब्यापार संघ कपिलबस्तुका अध्यक्ष महादेब पोखरेल, मानब अधिकार प्रतिस्ठान कपिलबस्तुका अध्यक्ष बिष्णु प्रसाद खतिवडा, किर्डाक नेपालका कार्यक्रम अधिकृत श्री भन्डारी, वडा अध्यक्ष जिवन खड्का, राम बहादुर चौधरी, टेकलाल सापकोटा, कार्यपालिका सदस्य शान्ता सेन लगायतले तालिम पछि सफल ब्यबसायिक हुनु पर्नेमा जोर्ड दिएका छन । कार्यक्रममा तालिम अबधिभर अनुसासन र उत्कृट सिप पर्दशन गर्ने कान्छी चौधरीलाई पुरस्कार समेत दिइएको छ ।

प्रकाशित मिति : २९ असार २०७५ शुक्रबार ००:००  १२ : ०३ बजे