मायादेवी अनलाइन, कपिलवस्तु ।
बुद्धभूमि नगरपालिकाले ८ वटा विधेयक सर्वसम्मत रुपमा पारित गरेको छ । गत असार १० गते प्रस्तुत निति तथा कार्यक्रम अन्तर्रगत लामो छलफल पछि विहीबार सर्वसम्मत रुपमा विधेयक पारित गरिएको हो ।
नगरपालिकाका विधेयक समिति संयोजक खुमानन्द न्यौपानेले नगरसभामा विधेयक प्रस्तुत गर्नुभएको थियो । संयोजक न्यौपानेले प्रस्तुत गर्नुभएको विधेयकलाई नगर प्रमुख केशव कुमार श्रेष्ठले अनुमोदन गर्दै पारितका लागि नगरसभामा प्रस्तुत गर्नुभएको थियो । प्रस्तुत विधेयकलाई नगरसभाका सदस्यहरुले तालि बजाएर पारित गरेका थिए ।
नगरपालिकाले पारित गरेको विधेयकमा एकिकृत सम्पत्ति कर व्यवस्थापन कार्यविधि २०७५, बुद्धभूमि नगरपालिकाको सहकारी ऐन २०७५, विपत जोखिम न्यूनिकरण तथा व्यवस्थापन ऐन २०७५, ‘घ’ वर्गको निर्माण व्यवसायी इजाजतपत्र सम्बन्धि कार्यविधि २०७५, नगर दररेट २०७५, नगर आर्थिक ऐन २०७५, नगर विनियोजन ऐन २०७५ रहेका छन ।
नगरसभाबाट पारित विधेयक नेपालको संविधान २०७२ ले दिएको अधिकार क्षेत्र भित्र रहेको बनाएको नगर प्रमुख श्रेष्ठले प्रष्टाउनुभयो ।
२८ असार २०७५ बिहिबार ००:००
0
Shares
प्रतिक्रिया