काठमाडौं ।
आगामी शनिबारसम्म भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहन मौसमविदले आग्रह गरेका छन् । मौसमविद विभूति पोखरेलले मनसुन सक्रिय भएकाले पूर्वदेखि पश्चिमसम्म भारी वर्षाको सम्भावना रहेको बताउनुभएको छ ।
मौसम विज्ञान विभागले बिहीबारदेखि शनिबारसम्मको मौसमी अवस्थाबारे सूचना नै निकालेर जानकारी पनि दिएको छ । सूचनामा लेखिएअनुसार बिहीबार दिउँसोको समयमा देशभरि नै बदली रही मध्य र पश्चिमका अधिकांश स्थानहरुमा र पूर्वका केहि स्थानहरुमा मध्यम खालको वर्षाको सम्भावना छ ।
२८ असार २०७५ बिहिबार ००:००
0
Shares
प्रतिक्रिया