काभ्रे ।
बुधबार रातिदेखिको वर्षाका कारण नदीमा बाढी आउँदा काभ्रेमा १७ जना अलपत्र परेका छन् । नमोवुद्ध नगरपालिका वडा नम्बर ६ को खाक्सीमा खानेपानी मर्मतका लागि गएका १५ जना खोलामा अलपत्र परेका प्रहरी निरीक्षक रविराज थपलियाले जानकारी दिनुभयो ।
नमोबुद्ध मै डिप बोरिङ गरिरहेका दुईजना पनि रोसी खोलामा फसेका छन् । उनीहरु खोलाको बीचमा रहेको ढुंगामा बसिरहेका छन् । उनीहरुलाई नेपाली सेनाको हेलिकोप्टर लगेर उद्धार गर्ने तयारी भैहरेको उहाँले बताउनुभयो ।
यसैबिच गए राती भएको वर्षाले बनेपाका विभिन्न ठाउँमा डुबान भएको छ । बनेपाको पुण्यमाता र चण्डेश्वरी खोलामा आएको बाढीले सिनागाल, उग्रेस्वोर मन्दिर परिसर, खड्पु, ढलमले, पनौती क्षेत्र डुबानमा परेको हो । बाढीले राजमार्गमा पर्ने पुण्यमाता खोलाको पुल छोपेपछि बिहानैदेखि बन्द रहेको सडकमा अहिले एकतर्फी रुपमा गाडी चलाउन थालिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया