जानु पाण्डे, कपिलवस्तु ।
खेतै खेतको विचमा रहेको खरको छाप्रो । जहा ४ जनाको परिवारको बास स्थल । जो करिव ५ महिनाबाट कष्टकर जिवन विताई रहेका छन । भोक लाग्यो खान पाउदैनन् । प्यास लागे पानी दिने मानिस छैनन् । कसैलाई केही चिन्ता छैन । खेतीपातीको सिजन छ । छेउका खेतमा घानमा विउ रोपिएका छन । तर उनको खेतमा सुरसार नै छैन । भकारीको पिधमा अति कती बचेको चामल छ । त्यो सकिए पछी के हुने हो केही थाहा छैन । घरमा खाने कुराको जोहो छैन । कहिलेकाही खाना वन्छ अनी खान्छन । नभए विस्तारामा सुतेर दिन गुजारेका हुन्छन । प्राय जसो ३ जना मानिस खाटमा पल्टीएका हुन्छन ।
कपिलवस्तुको बुद्धभुमी नगरपालिकाको बडा नंं ३ दोन्द्रा बोक्टापुरका घन बहादुर पुनको परिवारको कथा हो यो । गरीविको चपेटामा रहेका पुनको परिवारको आफु सहित ३ सदस्य मानसिक अस्वस्थयताका कारण विचल्लीमा परेका छन । घरमा ४ जना छन । ११ बर्षिय कान्छि छोरी रोशनी बाहेक सवैको अवस्था असामान्य छ । घन बहादुर ४७ बर्ष पुगेका छन तर हेर्दा बृद्ध अवस्थाको जस्तै देखिन्छन । विगत ८ बर्ष देखी घन बहादुर मानसिक अस्वस्थ्यता भएकोे थियो । बुवा भारतिय सेनाको पेन्सनर थिए । बुवाको मृत्यु पछी आमाले पेन्सन बुझी घन बहादुरको उपचार तथा घर खर्चको जोहो गरेकी थिईन ।
पेन्सनको भरमा चलेको पुन परिवारमा आमाको मृत्यु पछी आम्दानीको स्रोत नै खोसियो । जस्को कारण उनलाई थप पिडा सहनु प¥यो । सुरुमा घन बहादुरमा मात्र मानसिक समस्या देखा परेको थियो । त्यस पछी उनका ३ सन्तान मध्ये जेठी छोरी रमा पुन र माईलो छोरो विजय पुनलाई पनी मानसिक समस्या देखिन थाल्यो । आमाको देहान्त हुनु त्यसपछी २ सन्तानमा मानसीक समस्या आउनु र आर्थिक स्रोत वन्द भए पछी पिडामा परेको पुनले अर्को पिडा थप्नु प¥यो । करीव ७ महिना भयो उनकी पत्नी ले पुनको साथ छाडेर अर्का संग जिवन गास्न पुगिन ।
त्यस पछी घन बहादुरको परिवार थप पिडादायक वन्न पुग्यो । बुद्धभुमी नगरपालिकाको बिकट ग्रामिण क्षेत्रमा वसोवास गर्ने उनको आर्थिक अवस्था दयनिय छ । आम्दानीको स्रोत नै छैन । एउटा छाप्रो र ४ कठ्ठा जमिन मात्र छ । जमिनमा खेति गरीदिने मानिस कोही छैन । औषधी सेवन गरी रहेका घन वहादुर पैसा नहुदा नियमीत औषधी खान पाएका छैनन । बडा नं. ३ का वडा अध्यक्ष गोविन्द प्रसाद आचार्यका अनुसार पुनको परिवारको उपचारमा सहयोग गर्न सहयोगी हातको खाचो रहेको वताउछन । हामीले बडा बाल संरक्षण समितीको तर्फबाट उपचार सहयोगको लागी ५ हजार सहयोग गरेका छौ । सहयोगी हात फेला परे पुनको परिवारले नया जिवन पाउने आचार्य बताउछन ।
पुनकी जेठी छोरी रमा २० वर्ष कटेकी छिन । ४ वर्ष अगाडी देखी उनी मानसीक समस्या देखा परेको राम व पुन वताउछन । राम वहादुर उनका काकाको छोरा हुन । राम बहादर र उनको घर नजिकै छ । फुर्सद हुदा राम वहादुर हेर्न आउने गरेको वताउछन । राम वहादुरका अनुसार रमालाई ६ महिना यता धेरै समस्या भएको छ । उनी असामान्य वन्दै गएकी छिन । धेरै जसो घर मै सुतिरन्छीन । एक्लै वस्ने टोलाउने हास्ने गर्छिन ।
माईलो छोरा विजय १५ बर्ष पुगेका छन । मानसिक समस्या आए पछी उनको शारीरिक स्थिती अझ दयनिय वन्दै भएको छ । शरिर पहेलो देखिएको छ । अत्यन्त दुव्लो देखिन्छन । हाल उनि हिडडुल गर्न नसक्ने भई सकेकाछन । दिन भरी प्रचण्ड गर्मिमा पनी कम्मल ओडेर सुतेका हुन्छन । खाना खानको लागी उनि घस्रीनु पर्ने अवस्था आएको छ । नियमित खाना खान नपाउदा पुन परिवारको अवस्था दिन दिनै पिडा दायक वन्दै गरेको छ । उहालाई सवैले सहयोग गर्नु पर्ने छ । तत्काल उपचार तथा उचित पोषणको लागी पहल गर्नु पर्ने देखिएको कपिलवस्तुका सामाजिक अभियन्ता शिवलाल यादव बताउनु हुन्छ । करिव आधा दशक देखी मानसिक समस्याको चपेटामा परेको पुन परिवार यती वेला संकटमा परेको छ । न खाना खान सक्ने अवस्था छ न उपचार गर्ने न हेर विचार गर्ने कोही छ । यती वेला चरम गरिबीको चपेटामा परेको पुन परिवारलाई सहयोग गरी निको वनाउन सहयोगी हातको आवश्यकता परेको छ ।
२८ असार २०७५ बिहिबार ००:००
28
Shares
प्रतिक्रिया