माधव बेल्वासे, कपिलवस्तु ।
कपिलवस्तु शिवराज नगरपालिका चन्द्रौटामा भएको कार्यक्रममा ७६ जनाले रक्तदान गरेका छन । शिवराज नगरपालिका को सहयोग र सामाजिक विकाश मंच कपिलवस्तुको आयोजना भएको कार्यक्रममा रक्तदान गरिएको हो । “रक्तदान जीवनदान” भन्ने मूल नारा सहित मुलुकमा रगतको कमी भइरहेको वेला कसैको थोपा रगतले कसैको ज्यान बच्न सक्ने भएकोले सो कार्यक्रम गरिएको सामाजिक विकास मन्च कपिलवस्तुले जनाएको छ ।
शिवराज नगरपालिका ५, चन्द्रौटा स्थित चन्द्रौटा अस्पतालमा आयोजना गरेको रक्तदान कार्यक्रममा रक्तदाताहरुले रक्तदान गरेका हुन
रक्तदानले जो कोहीले पनि जीवनदान पाउने भएकोले यो सामाजिक कार्य गरेको सामाजिक विकास मन्च कपिलवस्तुका अध्यक्ष नेत्रराज अधिकारीले बताउनुभयो । कार्यक्रममा प्रदेश सभा सदस्या अर्जुन केसीले रक्तदान स्वास्थयका लागी फाइदाजनक रहेकोले रगत दान गरेर पुण्डय कमाउन आग्रह गर्नुभयो ।
रक्तदान कार्यक्रममा स्थानीय बुद्धिजिवी, समाजसेवी, ब्यापारी, शिक्षक, विद्यार्थी, मानवअधिकारकर्मी, सुरक्षाकर्मी, संचारकर्मी लगायतले रक्तदान गरेका थिए । कार्यक्रममा सशस्त्र प्रहरी बल विन्ध्याबासिनी गणका सशस्त्र प्रहरी तथा वडा प्रहरी कार्यालयका प्रहरी जवानहरुले समेत रक्तदान गरेका थिए ।कार्यक्रममा रक्त संञ्चार सेवा केन्द्र वुटवलको प्राविधिक सहयोग रहेको थियो ।
२६ असार २०७५ मंगलबार ००:००
0
Shares
प्रतिक्रिया