७ मंसिर २०८१, शुक्रबार | Sat Nov 23 2024

युवालाई प्राविधिक शिक्षामा दक्ष बनाऔँ : पाण्डेय



मायादेवी अनलाइन, वाणगंगा ।
बाणगंगा नग.पा.–२, पिपरा स्थित कपिलवस्तु प्राविधिक प्रतिष्ठानले सिटिइभीटीको राष्ट्रिय कार्यक्रम अन्तर्गत आयतबार ¥याली तथा कोणसभको सम्पन्न गरेको छ । प्राविधिक शिक्षा आजको आवश्यकता भन्ने मूल नारा सहित प्राविधिक शिक्षा राष्ट्रिय जागरण अभियान २०७५ तथा प्राविधिक शिक्षा राष्ट्रिय जागरण यात्रा प्रतिष्ठानले सम्पन्न गरेको हो ।
बाणगंगा–२ पिपराबाट निकालिएको ¥यालीमा प्रतिष्ठानका ल्याव, अमीन, अनमी, ल्याव असिस्टेन्टका प्रशिक्षार्थी सहभागी थिए । ¥याली बाणगंगा नगरपालिकाका, पिपरा, बैरिया, चारनम्बर लगायतका ःथानको परिक्रममा गरी पिपरा पुगेर कोण सभामा परिणत भएको थियो । प्रशिक्षार्थी विद्यार्थीहरुले एक घर एक प्राविधिक, गरिखाने शिक्षा नेपालीको आवश्यकता, सीप हातमा रोजगारी साथमा, सिप सिकौ रोजगारीको सिर्जना गरौं, सम्मानित बनौं लगायतका प्लेकार्डहरु बोकेका थिए ।
¥याली पछि प्रतिष्ठानमा आयोजित कार्यक्रममा कपिलवस्तु प्राविधिक प्रतिष्ठानका कार्यकारी निर्देशक अरुण कुमार पाण्डेयले अहिलेको सन्दर्भमा प्राविधिक शिक्षालाई श्रमसँग गाँसेर हेर्नु पर्ने अत्यावश्यक भइसकेको बताउँदै जुन विषय अध्ययन गरिन्छ, त्यो सिर्जनात्मक श्रमशक्तिको उत्पादक बन्न सक्नु पर्ने बताउनुभयो । पाण्डेले देश विकासको मुख्य आधार शिक्षा प्रणाली हो ।
त्यसैले, अब सरकारले प्रत्येक जिल्लामा प्राविधिक शिक्षालय स्थापना गरेर युवाको विदेश पलायनको वर्तमान अवस्था अन्त्य गर्नु पर्नेमा जोड दिँदै देश बनाउन युवाहरूको सक्रिय र रचनात्मक भूमिका रहने हुँदा पनि युवालाई प्राविधिक शिक्षामा दक्ष बनाउन सके परनिर्भरता अन्त्य हुनुका साथै देश विकासको अभियान सफल हुने ठोकुवा गर्नुभयो ।

प्रकाशित मिति : २५ असार २०७५ सोमबार ००:००  ३ : २९ बजे