मायादेवी अनलाइन, चन्द्रौटा ।
कपिलवस्तुको शिबराज नगरपालिका कार्यालयको सार्वजनिक सुनुवाई भएको छ । पत्रकार माहासघं कपिलबस्तु शाखाको आयोजना तथा शिबराज नगरपालिकाको सहयोगमा भएको सार्वजनिक सुनुवाईमा अधिकाशं सहभागिहरुले सुद्ध पिउनेपानि, कृषि, स्वास्थ्य, बिकास निर्माण लगायतका बिषयबस्तु उठान गरेका थिए ।
सहभागिले करीब २ वर्ष अंघि एक उपभोक्ता समितिले सुद्ध पिउने पानिको लागि रकम उठाएको भएपनि हाल सम्म नपाएको बताएका छन ।
त्यस्तै नगरपालिकाको मुख्य बजार चन्द्रौटामा रहेको मालपोत कार्यालय र नापि शाखा कार्यालयमा कार्यरत केहि कर्मचारीहरुले सेवा लिन आएका नागरिकसंग खुलम खुल्ला रकम असुली गर्ने गरेको बताउँदै र रकम नदिए बिभिन्न बाहाना गरी काम नगरि दिने गरेको बताएका छन ।
उता मालपोत कार्यालयका प्रमुख मदन भुजेलले भने आफुसंग काम भएन भनेर कोही नागरिकले पनि गुनासो गर्न नआएको बताउँदै यदि कुनै कर्मचारीले सेवा ग्राहीसंग रकम मागको प्रमाण सहित आएमा काबार्ही गर्ने चेतावनी दिनुभयो ।
कार्यक्रममा सहभागि ब्यापार संघ कपिलबस्तुका अध्यक्ष महादेव पोखरेलले नगरपालिकाले उद्योग धन्दा संचालन गर्ने उद्योगि तथा ब्यापारीको लागि आवश्यक पहल नगरेको बताएका छन ।
सहभागिका सबै प्रश्नलाई संबोधन गर्दै नगर प्रमुख नेत्रराज अधिकारीले सबै भन्दा पहिले नगरभित्र बस्ने पछाडी पारिएका नागरिकलाई हेर्नु मानबता भएको बताउनु भएको छ ।
कार्यक्रममा शिराज नगरपालिका उपप्रमुख शिब कुमारी थारु, प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेल, इलाका प्रशासन कार्यालयका प्रमुख जगदिश अर्याललगाएत शिबराज नगरपािलका भित्र रहेका बिषयगत शाखाका प्रमुखहरु लगायत सेवाग्राही र संचारकर्मीहरुको सहभागिता रहेको थियो ।
नेपाल पत्रकार महासंघ कपिलबस्तुका कोषाध्क्ष दिपक खड्काको स्वागत मन्तब्य, पत्रकार महासघं कपिलबस्तुका सचिव हरि अधिकारीको प्रमुख आथित्यता र रेडियो भ्वाइसका स्टेशन प्रमुख संजिव गहतराजको संचालनमा भएको हो ।
१९ असार २०७५ मंगलबार ००:००
0
Shares
प्रतिक्रिया