मायादेवी अनलाइन, कपिलवस्तु ।
सामाजिक एवम् मानवीय सेवाभावले संचालित रोटरी क्लब अफ कपिलवस्तु मिडटाउनको रोटरीयन बासुदेव घिमिरेलाई पद हस्तान्तरण गरिएको छ । कार्यक्रम प्रमुख अतिथि नेपाल भुटान ३२९२ डिष्टिक गर्भनर रोटरियन चिन्तामणि भट्टराईको प्रमुख आतिथ्यतामा एक वर्षे कार्यकालका लागि घिमिरेलाई अध्यक्ष रहने गरी गयराती एक विशेष कार्यक्रममका बीच पद हस्तान्तरण गरिएको हो ।
त्यस्तै क्लबको प्रिजडेन्ट इलेक्ट बिरेन्द्र खाँण, प्रिजेन्ड नोमिनी टोप नारायण भण्डारी, भ्वाइस प्रिजडेन्ट प्रथम नरेश पौडेल, भ्वाईस प्रिजेन्ट द्वितीय माधव भाट, सचिव विष्णु प्रसाद अर्याल, कोषाध्यक्ष नारायण पाण्डे, क्लब एडमिन मोहन प्रसाद बेल्बासे, सर्भिस प्रोजेक्ट दिपेन्द्र चन्द, पब्लिक रिलेशन पदमपाणी ढुंगाना, लिटरेसी लेखा शर्मा, सरजेन्ट एट आर्मस प्रथम कमला खाँण (सुष्मा), मेम्बरसिप डाइरेक्टर कुलराज पौडेल, युथ सर्भिस मित्र कँडेल, टि.आर.एफ. राजेन्द्र गिरी, सम्पादक नन्द किशोर शुक्ल, सह कोषाध्यक्ष अन्जु अधिकारी, सह सम्पादक इन्दिरा तिमिलसिना, सह सचिव मधु शर्म, सरजेन्ट एट आर्मस द्वितीय कमला कँडेल, वेव मास्टर बुद्धि पौडेल, क्लब मेन्टर विष्णु माया श्रेष्ठ रहनु भएको छ ।
कपिलवस्तु जिल्लामा रोटरी क्लबको संस्थापक अध्यक्ष भई पद हस्तान्तरण गर्नुभएकोमा संस्थापक अध्यक्ष लक्ष्मण अधिकारीलाई प्रमुख अतिथि भट्टराईले विशेष धन्यवाद दिनुभयो । उहाँले नेपाली समाजमा अझै रोटरी क्लव र यसको परिभाषाको चर्चा हुन नसकोले सरल र सहज तरीकाले रोटरी क्लवबारे तल्लो स्तर सम्म पु¥याउन आवश्यक रहेको धारणा राख्नुभयो । भट्टराईले रोटरी नितान्त समाज सेवा भावले गठित संस्था भएको र यसमा जो आवद्ध हुन्छ उसैले यस संस्थामा आर्थिक सहयोग गरेको हुन्छ र त्यहि रकम सामाजिक क्षेत्रमा खर्च गरिने गरेको बताउनुभयो ।
रोटरीको नियम अनुसार संस्थापक अध्यक्ष लक्ष्मण अधिकारीलाई अध्यक्षबाट विदाई गर्दै होराइजन अंग्रेजी आवासिय माध्यमिक विद्यालयका प्रिन्सिपल समेत रहेका बासुदेव घिमिरेलाई रोलक्रम अनुसार एक वर्षे कार्यकालका लागि अध्यक्ष बनाईएको हो ।
अध्यक्ष वासुदेव घिमिरेले आफ्नो कार्यकालमा रोटरी मार्फत कपिलवस्तु जिल्लामा समाजमा देखिने गरी काम गर्ने बताउँदै होटल तथा उद्योगमा काम गर्ने बालबालिका केन्द्रित भोकेशनल टे«ेनिङ्ग संचालक गर्ने र बालबालिकालाई आत्म निर्भर बनाउने खालका कार्यक्रम गर्ने । त्यस्तै शिशु तथा मातृ स्वास्य कार्यक्रम संचालन गर्ने । समुदायमा कुशल नेतृत्व प्रदान गर्न सक्षम बनाउन युवाुवतीमुखी नेतृत्व विकास तालिम गर्ने, सामुदायिक विद्यालयमा कम्प्यूटर र विद्यार्थीहरुलाई लत्ताकपडा र स्टेशनरी सामान वितरण लगायतका कार्यक्रम गरिने घिमिरेले बताउनुभयो ।
कार्यक्रममा बाणगंगा नगरपालिकाका उप मेयर चक्रपाणी अर्याल, एजि कुशल तरतार एजिष्टेन्ट गर्भनर, जोन २० का एसिस्टेन्ट गर्भनर राजेन्द्र ढकाल, स्पोन्सर क्लबको भूपू अध्यक्ष प्रकाश पौडेल, जि.यस.आर राजेन्द्र ध्वजूलगायतले शुभकामना मन्तव्य राख्दै सफल कार्यकालको लागि शुभेच्छा व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष उमानाथ पौडेल, सिद्धार्थ बजार विकास समितिका अध्यक्ष विष्णु थापा, पिपरा अस्पताल विकास समितिका अध्यक्ष ईश्वर थापा, कपिलवस्तु जेसीजका अध्यक्ष सुन्दर पाण्डे, प्याब्सन बाणगंगा नगरका अध्यक्ष रोमकान्त घिमिरे, तरुण दल कपिलवस्तुका अध्यक्ष शक्ति सिंह ठकुरी, लुम्बिनी दर्पण साप्ताहिकक प्रधान सम्पादक कृष्ण प्रसाद पौडेल लगायतको आतिथ्यता रहेको थियो ।
प्रतिक्रिया