शिवलाल सुवेदी, गुल्मी ।
गुल्मीमा एक जना बृद्धको शव फेला परेको छ । जिल्लाको छत्रकोट गाउँपालिका २ कोठडाँडाका ६३ वर्षका मानबहादुर परियारको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । प्रहरी उपरीक्षक अनुरागकुमार द्धिबेदीका अनुसार परियारको शव गुल्मीदरबार गाउँपालिका वडा नम्बर ४ बिरवासस्थित तिलादी सामुदायिक वनमा फेला परेको हो । असार १५ गते शुक्रबार घरबाट सम्पर्क बिहीन भएका परियार भिरबाट लडेर मृत्यु भएको हँुनसक्ने अनुमान गरिएको छ । परियारको शवलाई पोष्टमार्टमको लागि तम्घास अस्पताल ल्याइएको छ ।
१९ असार २०७५ मंगलबार ००:००
0
Shares
प्रतिक्रिया