५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

कमल थापा भन्छन्, ‘नफुट्ने गरि पार्टी एकता हुन्छ’



कपिल ज्ञवाली, बुटवल ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकार सरकार एकदलिय सर्बसत्ताबादको खतरातिर जान सक्ने खतरा औंल्याएका छन् ।
सरकारको बारेमा ठोस निश्कर्ष निकाल्नु उपयुक्त बेला त होइन उनले भने—‘तर ५ महिनाको गतिबिधि हेर्दा जनतामा केहि आशा र जनतामा बढि आशंकाको स्थीती देखापरेको छ ।’
रिपोर्टर्स क्लव प्रदेश ५ ले बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै थापाले अगाडि भने —‘ २ तिहाइको बहुमतको कारण एकतार्फ स्थिरता,आर्थिक बिकास र समृद्धिको आशा छ तर अर्कोतर्फ सत्तारुढ दलका कारण कहिकतै एकदलीय सर्बसत्तााबादको आशंका पनि देखिन्छ ।’
एकदलिय सर्बसत्ताबादको खतराको आशंका छ ,त्यसलाइ पराजित गर्नका निम्ति अन्यदलहरु बीच कार्यगत एकता हुनुपर्ने उनले भनाइ छ ।
पूर्व उपप्रधानमन्त्री समेत रहेका थापाले नेपाली जनताले निरंकुशता र सर्बसत्ताबाद नस्वीकार्ने कुरा प्रमाणित भैसकेको बताए ।
अहिलेको अबस्थामा दलहरुबीच एकता र सहकार्य गरेर सरकार अगाडि बढ्नुपर्ने उनको बिश्वास छ ।
आफ्नो पार्टी हिन्दु राष्ट्र र राज संस्था पुर्नस्थापनाका निम्ती निरन्तर संघर्ष गरिराखेको भन्दै साउन २ देखि हिन्दु जागरण अभियान लिएर देशभर हिड्ने उल्लेख गरे ।
असोज मसान्त भित्र पार्टीको गांउ, वडा तथा सबै तहमा संगठन पुर्ननिर्माण तथा पुर्नगठन गरिने समेत उनले प्रष्ट पारे ।
हिन्दु राष्ट्र ९४ प्रतिशत जनताको सम्मान र पहिचानका लागि भएको थापाको भनाइ छ ।
‘समानता र पूर्ण धार्मिक स्वतन्त्रता सहित हिन्दु राष्ट बनाउने हाम्रो माग हो ,यो संभब छ ।’
सरकारले धर्मपरिबर्तनको महाहोड अन्त्य गरोस्
हिन्दुधर्मका पक्षपाति समेत रहेका थापाले योजनाबद्ध र संगठीत रुपले धर्म परिबर्तन गराउने होडबाजी भएको भन्दै आपत्ती जनाए ।
उनले बिगतका ५ बर्षभित्रमा दशौं लाखको धर्म परिबर्तन भएको दाबि गर्दै उनले सरकारले धर्मपरिबर्तनको महाहोड अन्त्य गर्नुपर्नेमा जोड दिए ।
उनले भने—‘संगठीत धर्मपरिबर्तन डण्डनीय छ ,सरकारले रोकोस् । ’ हिजोका पञ्चहरुको बाहुल्यता रहेपनि पार्टीमा पञ्चहरुको मात्रै पार्टी नभएको प्रष्ट पारे ।
उनले भने —‘राष्ट्रियता,प्रजातन्त्र र हिन्दुहरुको बाहुल्यता रहेको पार्टी भएकाले अब पार्टी नफुट्ने गरि चांडै जुट्छ । ’
नीतिगत आधारमा ,सैद्धान्तिक आधारमा एकता हुने र पार्टी बिभाजनको परिणाम तितो अनुभब सबैलाइ थाहा भएको बताए ।
चीन र भारतसंग नेपालको सम्बन्ध सन्तुलित हुनुपर्ने उनको भनाइ छ । बाम सरकारका केहि कमजोरी भएको देखिन्छ ,समदुरी र सन्तुलित सम्बन्ध फरक हो ।उनले भने —‘नेपाल भारतको सम्बन्ध अरु देशसंग तुलनै हुन सक्दैन ।’
उनले बर्तमान अबस्थामा कांग्रेस र कम्युनिष्टसंग कुनैपनि एकता नहुने बताए ।उनले कांग्रेस र कम्युनिष्टको बिकल्पको पार्टी भएको प्रष्ट पारे ।
रिपोर्टर्स क्लब नेपाल, ५ नम्बर प्रदेश प्रमुख रामकुमार क्षेत्रीको अध्यक्षता तथा कपिल ज्ञवालीको संचालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति : १८ असार २०७५ सोमबार ००:००  ३ : ५१ बजे