५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

प्रदेश ४ को स्थायी राजधानी पोखरा, प्रदेश ५ को कहिले घोषणा होला ?



मायादेवी अनलाइन, पोखरा ।
प्रदेश ४ को स्थायी राजधानी पोखरा तोकिएको छ । प्रदेशसभाले सोमबार पोखरालाई स्थायी राजधानी बनाउने प्रस्ताव दुई तिहाई बहुमतले पास गरेको हो ।
प्रदेशसभामा उपस्थित ५२ जनाले नै पोखरालाई राजधानी बनाउने प्रस्तावको पक्षमा मत दिएका छन् ।
त्यसअघि छलफलमा भाग लिएका अधिकांश सांसदले पोखरालाई राजधानी बनाउने प्रस्तावको समर्थन गरेका थिए । सरकारले अस्थायी राजधानी पनि पोखरालाई नै तोकेको थियो ।
प्रदेशको नाम भने तोकिएको छैन । भोलि र पर्सि प्रदेशको नामबारे छलफल गर्ने कार्यसूची छ । प्रदेश सरकार मध्ये प्रदेश ६ ले पनि यसभन्दा पहिला नै स्थायी राजधानी घोषणा गरिसकेको छ । कर्णाली प्रदेश नामाकरण दिइएको प्रदेश ६ को राजधानी सुर्खेत भएको छ । तर प्रदेश ५ को स्थायी राजधानी र नामाकरण अझै गरिएको छैन । यसले प्रदेश सरकारको आलोचना भैरहेको छ ।

प्रकाशित मिति : १८ असार २०७५ सोमबार ००:००  ३ : ४७ बजे